Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, भदौ १४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मिल्यो ईपीएस विवाद, एक लाख ६४ हजार परीक्षार्थी, जनवरी २० देखि हुने परीक्षा सक्न ६ महिना लाग्ने

- shuvadmin / मङ्गलबार, पुष २४, २०८०
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडौं, दक्षिण कोरियाको रोजगारीका लागि पानी जहाज निर्माण क्षेत्रमा सहभागी भएका र उत्पादनमुलक क्षेत्रका लागि पनि आवेदन दिएकाहरूले भाषा परीक्षामा सहभागी हुन पाउने भएका छन्।

उनीहरूले समेत ईपीएस भाषा परीक्षा दिन पाउने गरी जनवरी २० बाट परीक्षा सञ्चालन गर्ने तालिका तयार भएको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए।

घिमिरेका अनुसार उत्पादनमुलक क्षेत्रको रोजगारीका लागि जान करिव १ लाख ६४ हजार जनाले आवेदन दिएका छन्। उनीहरूलाई तीन चरणमा भाषा परीक्षामा सहभागी गराइने भएको छ।

पहिलो चरणमा ४७ हजारले परीक्षा दिन पाउने भएका छन्। दोस्रो चरणमा ८० हजारलाई सहभागी गराइने र बाँकीलाई तेस्रो चरणको भाषा परीक्षामा सहभागी गराइने भएको छ।

पहिलो चरणमा परीक्षा दिइसकेकाहरूको नतिजा सार्वजनिक भएपछि दोस्रो चरणको परीक्षा सञ्चालन हुनेछ। त्यसपछि मात्रै अन्तिम चरणको परीक्षा हुनेछ।

यसअघि पानी जहाज निर्माण क्षेत्रको परीक्षामा सहभागी भएकाहरुलाई उत्पादनमुलक क्षेत्रमा पनि सहभागी गराउन उच्च अदालत पाटनले आदेश दिएको थियो।

तर ईपीएस प्रणालिमा एक क्षेत्रको परीक्षामा सहभागी भएकाहरुले अर्को क्षेत्रको परीक्षामा त्यही वर्ष सहभागी हुन नपाउने व्यवस्था छ।

त्यही व्यवस्थाका कारण कोरियाले पानी जहाज निर्माण क्षेत्रमा सहभागी भइसकेकालाई उत्पादनमुलक क्षेत्रको परीक्षामा सहभागी गराउने नगराउने अन्यौल थियो।

तर कोरियाले उनीहरुलाई समेत सहभागी गराउने गरी परीक्षाको तयारी अगाडि बढाइसकेकाले अब यो अन्यौलता हटेको घिमिरेले भने।

कम्प्युटरबाट परीक्षा सञ्चालन हुने भएकाले लिन समय धेरै लाग्नेछ। थप उपकरणको व्यवस्था गर्न कोरियासँग ईपीएस कोरिया शाखाले सोमबार माग गरेर पठाएको छ।

५ सिफ्टमा दैनिक एक हजार जनाका दरले परीक्षा सञ्चालन हुने छ। परीक्षा शनिबार र आइतबार पनि सञ्चालन गर्ने तालिका कोरियाले उपलब्ध गराएको छ।

तर दैनिक एक हजार जनाले मात्रै परीक्षा दिनसक्ने क्षमता रहेकाले उपकरण थप नभएमा साढे ५ महिना परीक्षा सञ्चालन गर्न लाग्ने छ।

उपकरण थपका लागि लेखि पठाइसकेकाले कोरियाले उपकरण थप दिएमा दैनिक परीक्षार्थीको संख्या बढ्ने ईपीएस शाखाले जनाएको छ।

कोरियाबाट छिट्टै उपकरण आउने र त्यसका लागि अन्य स्थान हेरिरहेको महानिर्देशक घिमिरेले बताए।

अदालतले यसअघि पानी जहाजको क्षेत्रमा सहभागी भएकाहरूलाई पनि परीक्षामा सामेल गराउन भनेपछि ईपीएस शाखाले एचआरडी कोरियासँग आग्रह गरेको थियो।

तर, एचआरडीले परीक्षामा सहभागी गराउन सकरात्मक भए पनि सुनिश्चित भने गरेको थिएन।

पछि कोरियाका राजदूतसँग श्रम मन्त्रालयले छलफल गरेको थियो। उक्त छलफलमा पनि टुंगो लागेको थिएन र दुई देशका प्राविधिक समितिमै टुंगो लगाउने भनिएको थियो।

दक्षिण कोरियाले ईपीएस प्रणालीमार्फत १६ देशबाट श्रमिक लैजान्छ। तीमध्ये सबैभन्दा बढी नेपाली जान थालेका छन्।

आकर्षक गन्तव्य कोरियाको रोजगारीबाट बञ्चित हुन लागेको भन्दै पानीजहाज निर्माण क्षेत्रमा सहभागी भएकाहरूले आन्दोलन नै गरेका थिए।

आन्दोलनका क्रममा दुई जनाको ज्यान गएपछि सरकार र अदालत उनीहरुका माग पूरा गर्न सकरात्मक भएका हुन्।

Page Views: 107
संबन्धित शिर्षकहरु
तीजको रंगमा पूजन काफ्लेको नयाँ सांगीतिक कोशेली, ‘तीजको लहर आउँदा बरिलै’ सार्वजनिक
मिस नेपाल २०२६ को उपाधिका लागि महिमा पन्त प्रतिस्पर्धामा
आजको पञ्चाङ्ग तथा राशिफल हर्नुहाेस
ताजा अपडेट
  • अशक्त माइलीलाई घरमै नागरिकता
  • भोटेकोशी बाढीप्रभावितलाइ काभ्रेकाे ३६ लाख सहयोग
  • सुनको मूल्य ओरालो तर्फ
  • रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठूलो बाढीको जोखिम छैन : महाशाखा
  • अर्को सूचना जारी नभएसम्म चितवन भएर सञ्चालन हुने प्रमुख राजमार्ग बन्द
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama