Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असार ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नागरिक उन्मुक्ति पार्टीको पहिलो अधिवेशन कैलालीमा आजदेखि सुरु

- shuvadmin / बिहिबार, पुष २६, २०८०
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडौं, सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीको पहिलो अधिवेशन आजदेखि सुरु हुदै छ ।

रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीको अधिवेशन कैलालीको टीकापुरमा हुन लागेको हो ।

आजदेखि शनिबारसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।

महाधिवेशनमा देशभरिबाट करिब ८ हजार प्रतिनिधिहरू सहभागी भएको सो पार्टीले जनाएको छ ।

आगामी नेतृत्व सर्वसम्मत चयन गर्ने तयारी गरिएको छ । जेलमा रहेका बेला स्थापना गरेको पार्टीको नेतृत्व आफै सम्हाल्ने योजनामा चौधरी छन् ।

महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गर्नेछ ।

विधानअनुसार नागरिक उन्मुक्तिले महाधिवेशनबाट अध्यक्ष, सहअध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित गर्नेछ ।

०७९ सालको आम निर्वाचनमा पहिलो पटक भाग लिएर ४ सिट जितेको नागरिक उन्मुक्ति कैलालीमा सबैभन्दा ठुलो राजनीतिक दल बनेको छ ।

टीकापुर घटनापछि जेल परेका संरक्षक चौधरीले जेलबाटै श्रीमती चौधरीलाई अध्यक्ष बनाएर पार्टी गठन गरेका थिए ।

Page Views: 61
संबन्धित शिर्षकहरु
काँग्रेसले संविधान संशोधनकोमा आफ्नो धारणा सार्वजनिक गर्ने
नयाँ मुख्यसचिवमा गोविन्द कार्की
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन, कर्णाली दुर्घटना र विपद् तयारीबारे संसदमा चासो
ताजा अपडेट
  • हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
  • विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
  • पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • ‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
  • लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता
  • सञ्चारगृहको गेटमै शंकास्पद गाडी पार्किङ, पत्रकारको सुरक्षामाथि प्रश्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama