Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, साउन २८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

इजरायली हवाई आक्रमणमा थप ९० प्यालेस्टाइनीको मृत्यु

- shuvadmin / बिहिबार, पुष २६, २०८०
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, गाजामा क्षेत्रमा इजरायलले गरेको हवाई आक्रमणमा परी थप ९० जनाको मृत्यु भएको छ ।

बुधबार इजरायलले गरेका दुई अलग–अलग हवाई आक्रमणमा थप ९० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सिन्ह्वा समाचार एजेन्सीको रिपोर्टअनुसार गाजास्थित स्वास्थ्य मन्त्रालयले इजरायलले गाजाको केन्द्रमा रहेको आवासीय क्षेत्रमा बमबारी गरेको गरेको जनाएको छ ।

उक्त आक्रमणमा भौतिक क्षति हुनुका साथै ५८ जनाको मृत्यु भएको छ । भवन ध्वस्त भएको छ र ५८ जनाको मृत्यु भएको छ ।

धेरै मानिस आक्रमणमा परि कयौं घाइते भएका छन् । इजिप्टको सिमानामा रहेको रफाहमा रहेको एउटा भवन पनि इजरायली आक्रमणबाट ध्वस्त भएको थियो ।

उद्धारकर्मीले भग्नावशेषबाट १५ जनाको शव निकालेका छन् । गाजाको स्वास्थ्य मन्त्रालयले दक्षिणी गाजा पट्टीको खान युनिस सहरमा इजरायली आक्रमणमा १४ जनाको मृत्यु भएको बताएको छ ।

गाजाको जबलिया सहरमा रहेको एउटा घरको भग्नावशेषबाट नागरिक रक्षा टोलीले पाँच जनाको शव र दर्जनौं घाइतेलाई निकालेको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले गत ७ अक्टोबरमा इजरायलले सुरु गरेको युद्धमा अहिलेसम्म २३ हजार प्यालेस्टिनी नागरिकको मृत्यु भएको जनाएको छ ।

यस्तै, ५० हजारभन्दा बढी घाइते भएका छन् । यी संख्यामध्ये आधाभन्दा बढी बालबालिका र महिला छन्। गाजा पट्टीमा पनि ठूलो संख्यामा विस्थापन भइरहेको छ ।

गाजाका करिब २३ लाख जनसंख्याको ८० प्रतिशतभन्दा बढीले सुरक्षित स्थानमा शरण लिनु परेको छ ।

यो लडाई इजरायलमा अक्टोबर ७ मा हमासको हमलापछि सुरु भएको हो । यस हमलामा करिब १ हजार २ सय जनाको मृत्यु भएको थियो ।

त्यसयता इजरायलले गाजा पट्टीमा लगातार बम वर्षा गरिरहेको छ । इजरायलले हमासलाई लक्षित गरी हमला गरिरहेको र यसलाई पूर्णरूपमा ध्वस्त गरेर मात्र युद्ध रोक्ने बताएको छ ।

​अर्कोतर्फ हमासले इजरायलले गाजाका आवासीय भवन, विद्यालय र अस्पताललाई लगातार निशाना बनाएको जनाएको छ ।

Page Views: 100
संबन्धित शिर्षकहरु
देउवाको अपिल : ‘युवा पुस्ताको आवाज सुनेको छु, परिवर्तन आत्मसात् गरेर अघि बढौँ’
तीजको रंगमा पूजन काफ्लेको नयाँ सांगीतिक कोशेली, ‘तीजको लहर आउँदा बरिलै’ सार्वजनिक
पाँच महिनापछि काठमाडौं फर्किए देउवा, स्वागतमा विमानस्थल पुगे कांग्रेस नेता–कार्यकर्ता
ताजा अपडेट
  • थवाङमा पहिरोको कहर : मृत्यु हुनेको संख्या ७ पुग्यो, पाँच जना अझै बेपत्ता
  • देउवाको अपिल : ‘युवा पुस्ताको आवाज सुनेको छु, परिवर्तन आत्मसात् गरेर अघि बढौँ’
  • तीजको रंगमा पूजन काफ्लेको नयाँ सांगीतिक कोशेली, ‘तीजको लहर आउँदा बरिलै’ सार्वजनिक
  • पाँच महिनापछि काठमाडौं फर्किए देउवा, स्वागतमा विमानस्थल पुगे कांग्रेस नेता–कार्यकर्ता
  • दसैँ-तिहारमा पेट्रोलियम पदार्थको अभाव नहुने
  • लागू औषध ब्राउन सुगरसहित एक जना भारतीय पक्राउ
  • शेरबहादुर देउवा स्वदेश फर्किंदै
  • पहिरोमा परि दुईको मृत्यु, दुई जना घाइते

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama