Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, भदौ १३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

तराईका अधिकांश भू-भागमा हुस्सु, स्थल र हवाई यातायात प्रभावित हुनसक्ने

- shuvadmin / शुक्रबार, पुष २७, २०८०
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

जनकपुर, हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन।

यतिबेला ( शुक्रबार बिहान)  कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ भने तराई मधेशका अधिकांश भू-भागमा हुस्सु रकुहिरो लागेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली हुने छ। देशका बाँकी भू-भागको मौसम भने मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज राति कर्णाली, सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने छ भने शनिबार गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने छ।

केही प्रदेशमा मौसम बदली भएपनि आज र भोलि कतै हिमपात र वर्षाको सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तराई मधेशको भू-भागका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायात सेवामा प्रभाव पर्न सक्ने अनुमान महाशाखाले गरेको छ।

त्यसबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ।

Page Views: 83
संबन्धित शिर्षकहरु
उद्योग वाणिज्य समितिको बैठक बस्दै
आज मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने
पूर्वराजा ज्ञानेन्द्र र धवलशम्शेरबीच भेट
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama