Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, मङि्सर १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आईसीसी वरीयतामा सन्दीप र ललितको छलाङ

- shuvadmin / बुधबार, असार ११, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, हालै स्कटल्यान्ड भ्रमणमा नेपाली टिमले गरेको प्रदर्शनले खेलाडीहरूको वरीयतामा सुधार भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले हालै सार्वजनिक गरेको खेलाडीको नयाँ वरीयताअनुसार नेपाली केही नेपाली खेलाडीको स्थान खस्किएको छ भने केहीको सुधार भएको छ ।

स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सबीचको त्रिकोणी टी–२० आई शृंखलापछि सार्वजनिक वरीयताले टिमको वरीयतामा भने कुनै असर गरेको छैन ।

नेपालले सो शृंखलामा चारमध्ये दुई खेलमा जीत हात पारेको थियो । तर, अहिले पनि टिम १८ औँ स्थानमा यथावत छ ।

टिमको वरीयता यथावत रहे पनि खेलाडीहरूको वरीयतामा भने तलमाथि भएको छ ।

सबैभन्दा उत्कृष्ट वरीयता रहने नेपाली खेलाडी हुन् दीपेन्द्रसिंह ऐरी । उनी पछिल्लोपटक सार्वजनिक टी–२० आई अलराउन्डरतर्फ तेस्रो नम्बरमा यथावत छन् ।

उनी यो स्थानमा लामो समयदेखि छन् । तर, उनी न माथि जान सकेका छन्, न तल झरेका छन् ।

उनी पछिल्लो वरीयताअनुसार ब्याटरतर्फ पनि यथा स्थानमा छन् । उनी ६१ औँ स्थानमा छन् । ब्याटरतर्फ उनी उच्च स्तरमा रहने नेपाली खेलाडी हुन् ।

स्कटल्यान्ड शृंखलामा राम्रो प्रदर्शन गर्न नसकेका कप्तान रोहितकुमार पौडेल दुई स्थान खस्किएर ६६ औँ स्थानमा पुगेका छन् ।

यस्तै ओपनर आसिफ शेख पनि दुई स्थान खस्केर ७९ औँ स्थानमा पुगेका छन् । अर्का ओपनर कुशल भुर्तेल भने ब्याटरतर्फ १० स्थान सुधार गरी ८३ औँ स्थानमा आएका छन् ।

ब्याटरतर्फ वरीयतामा सुधार नदेखिए पनि बलिङतर्फ भने दुई स्पीनरले छलाङ हानेका छन् ।

स्कटल्यान्ड त्रिकोणीय शृंखलामा सबैभन्दा धेरै ९ विकेट लिएका लेग स्पीनर सन्दीप लामिछानेले ४१ स्थानको छलाङ लगाएका छन् ।

टप सयभित्र अटाएका उनी अहिले ७५ औँ स्थानमा छन् । यस्तै स्कटल्यान्ड शृंखलामा ४ विकेट लिएका ललितनारायण राजवंशीले २९ स्थानको छलाङ लगाएका छन् ।

उनी ५४ औँ स्थानमा छन् । बलिङतर्फ दीपेन्द्रसिंह ऐरी भने एक स्थान खस्किएर ८१ औँ स्थानमा छन् ।

अलराउन्डरतर्फ ओपनर तथा लेग स्पीनर कुशल भुर्तेलले सुधार गरेका छन् । उनी छ स्थान सुधार गरी ३२ स्थानमा छन् ।

यस्तै अलराउन्डरतर्फ गुल्शन झा ८ स्थान खस्केर ६१ औँ तथा कप्तान रोहितकुमार पौडेल पाँच स्थान खस्केर ६६ औँ स्थानमा पुगेका छन् ।

यस्तै अहिले टिमभन्दा बाहिर रहेका कुशल मल्ल पनि ६ स्थान खस्केर ६७ औँ स्थानमा पुगेका छन् ।

यस्तै करण केसी पनि एक स्थान खस्केर ८१ औँ स्थानमा पुगेका छन् ।

Page Views: 108
संबन्धित शिर्षकहरु
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकाे खेलस्थल तालिका सार्वजनिक
दोस्रो क्वालिफायरमा चितवन र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुँदै
चितवन राइनोजद्वारा काठमाडौंसामु २०५ रनको लक्ष्य प्रस्तुत
ताजा अपडेट
  • विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
  • पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
  • निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने
  • यूएईका काभ्रेलीद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  • रेलबाट आएका यात्रुको स्वागत
  • हिजो भारतको अयोध्याबाट गुडेको रेल आज जनकपुरधाम आइपुग्दै
  • भारतमा ५‍.३ म्याग्निच्युडको भूकम्प, नेपालको केही जिल्लामा पनि महसुस
  • ताप्लेजुङमा भूकम्पकाे धक्का

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama