Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, बैशाख ०७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सकारात्मक लयमा अर्थतन्त्र, शोधानान्तर स्थिति २ खर्ब बढी बचतमा

- shuvadmin / शुक्रबार, पुष २७, २०८०
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, चालू आर्थिक वर्षको पाँच ९मंसिर० महिनामा शोधानान्तर स्थिति २ खर्ब १० अर्ब ५९ करोडले बचतमा रहेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकले शोधानान्तर स्थिति बचतमा रहेको देखाएको हो ।

आयात ३.४ प्रतिशत, निर्यात ६.१ प्रतिशत तथा व्यापार घाटा ३.१ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसरी मूल्यवृद्धि घट्नु र विदेशी मुद्रा सञ्चिति बढेका कारण शोधानान्तर स्थिति बचतमा गएको हो ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार, वार्षिक बिन्दुगत आधारमा मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ४.९५ प्रतिशत रहेको छ ।

मंसिर महिनामा अघिल्लो वर्षको तुलनामा घ्यू तथा तेल, तरकारी र मासु तथा माछा उप–समूहमा राखेका वस्तुहरुको मूल्यमा कमी आएको, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य दुई पटक घटाएको तथा कार्तिकको तुलनामा मंसिरमा दैनिक उपभोग्य सामानको मूल्यमा कमी आएकोले मुद्रास्फीतिमा कम चाप पर्न गएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, विप्रेषण आप्रवाह २७।६ प्रतिशतले वृद्धि भई ६ खर्ब १३ अर्ब २५ करोड पुगेको केन्द्रीय बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै, कूल विदेशी विनिमय सञ्चिति १७ खर्ब ६७ अर्ब ४ करोड पुगेको छ भने पाँच महिनामाको अवधिमा चालू पुँजी खर्च ४ खर्ब ५३ अर्ब र राजस्व परिचालन ३ अर्ब ६३ अर्ब ४३ करोड रहेको छ ।

यस अवधिमा विस्तृत मुद्राप्रदायक ४ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदायक १४.४ प्रतिशतले बढेको हो ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ४.६ प्रतिशत अर्थात् २ खर्ब ६३ अर्ब ७२ करोडले बढेको छ ।

यही अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा २.३ प्रतिशत अर्थात् १ खर्ब १० अर्ब ६ करोडले बढेको छ ।

Page Views: 30
संबन्धित शिर्षकहरु
आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,
ताजा अपडेट
  • चट्याङ लागेर एक युवकको मृत्यु
  • काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
  • आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
  • अक्षय तृतीया सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै
  • रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न
  • केहि भागमा आंशिक बादलसहित पानी पर्ने
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama