Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, जेठ ०६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

एएफसी महिला एसियन कप छनोटमा नेपाल आज श्रीलंकासँग खेल्दै

- shuvadmin / बुधबार, असार १८, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, उज्बेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह एफको आफ्नो दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ।

खेल उज्बेकिस्तानको तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा नेपाली समयअनुसार साँझ सवा ६ बजे सुरु हुनेछ।

नेपालले पहिलो खेलमा लाओसमाथि ९-० को फराकिलो जित निकालेको थियो।

नेपाली महिला टोलीको १००औं अन्तर्राष्ट्रिय खेल रहेको उक्त खेलमा सावित्रा भण्डारी ‘साम्बा’ ले नयाँ कप्तानको रूपमा जिम्मेवारी सम्हाल्दै एक्लै चार गोल गरेकी थिइन्।

मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डले पनि सोही खेलबाट सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। पहिलो खेलको लयलाई दोस्रो खेलमा कायम राख्ने लक्ष्यमा नेपाल छ।

महिला फुटबलमा नेपाल श्रीलंकासँग हालसम्म अपराजित छ। श्रीलंकासँग खेलिएका आठवटै खेल नेपालले जितेको छ। फिफा वरीयतामा नेपाल १००औं स्थानमा छ भने श्रीलंका १५९औं स्थानमा छ।

समूह एफमा नेपाल, उज्बेकिस्तान, लाओस र श्रीलंका छन्। यसै समूहको अर्को खेलमा उज्बेकिस्तानले श्रीलंकालाई १०-० को फराकिलो अन्तरले हराएको थियो।

फिफा वरीयतामा ५१औं स्थानमा रहेको उज्बेकिस्तान यस समूहको सबैभन्दा बलियो टोली हो र नेपालले हालसम्म उज्बेकिस्तानलाई हराउन सकेको छैन।

नेपालको अन्तिम खेल उज्बेकिस्तानसँग हुनेछ । समूहमा शीर्ष स्थानमा रहने टोली आगामी वर्ष अस्ट्रेलियामा हुने महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ।

Page Views: 54
संबन्धित शिर्षकहरु
अमेरिकाविरुद्धकाे खेलमा नेपालकाे जित
नेपाल र स्कटल्याण्ड भिड्दै
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल
ताजा अपडेट
  • ग्रे लिस्टबाट देशलाई बाहिर निकाल्छाैँ : अर्थमन्त्री वाग्ले
  • हुम्लामा बाढी पहिरोले ठूलाे क्षति
  • आज पनि केहि भु-भागमा मेघगर्जन र चट्याङसहित वर्षा
  • भिजिट भिसा प्रकरणका साक्षीउपर मुद्दा
  • महिला आयोग नारायणहिटीमा सर्दै
  • विद्या भण्डारीलाई पार्टी सदस्यता
  • कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama