Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, चैत ३०, २०८२  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अमेरिकी र बेलायती सेनाले सुरु गरे हवाई हमला, विश्व बजारमा बढ्यो कच्चा तेलको भाउ

- shuvadmin / शुक्रबार, पुष २७, २०८०
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, अमेरिकी र बेलायती सेनाले यमनमा हुथी विद्रोहीलाई लक्षित गरी हवाई हमला सुरु गरेपछि विश्व बजारमा कच्चा तेलको भाउ बढेको छ ।

लाल सागर भएर जाने ढुवानी जहाजलाई लक्षित गरेर हुथी विद्रोहीहरूले गरेको आक्रमणको प्रतिकारमा अमेरिका र बेलायतले यमनमाथि धावा बोलेपछि शुक्रबार तेलको भाउ २ प्रतिशतले बढेको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले नोभेम्बरदेखि लाल सागरमा इरान समर्थित हुथीहरूले गरेको आक्रमणको जवाफमा आक्रमणहरू भएको बताएका छन्।

यमनभरका १६ भन्दा बढी स्थानमा ६० भन्दा बढी विस्फोटका आवाज सुनिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । नेदरल्यान्ड्स, अष्ट्रेलिया, क्यानडा र बहराइनले मिशनको एक भागको रूपमा सहयोग प्रदान गरेको पनि उनले बताएका छन् ।

ती हवाई हमलाहरु राजधानी साना, लालसागर बन्दरगाह हुदायदाह, धामार र उत्तर९पश्चिमी हुथी गढ सादामा केन्द्रित भएको बीबीसीले आफ्नो वेबसाइटमा समाचार छापेको छ।

‘हामी मध्यपूर्वमा हाम्रा महत्वपूर्ण साझेदारहरूसँग इरानी समर्थित मिलिशिया समूहहरू, हुथी लडाकुहरू र तिनीहरूले क्षेत्रीय सुरक्षा र स्थायित्वमा निम्त्याउने खतराहरूबाट बचाउन प्रतिबद्ध छौं’, अमेरिकी वायुसेनाका केन्द्रीय कमाण्डर लेफ्टिनेन्ट जनरल एलेक्स ग्रिन्कविचले भनेका छन् ।

यमनको धेरैजसो भूभाग हुथीहरूले नियन्त्रणमा लिएका छन् र उनीहरूले इजरायलतर्फ जाने जहाजलाई लक्षित गरेर सहयोगी प्यालेष्टाइनको हमासलाई समर्थन गरिरहेका छन्।

अक्टोबरयता मध्य पूर्वमा इजरायल र हमास बीच जारी युद्धमा अहिलेसम्म अन्य देशहरु सहभागी भएका थिएनन् । यमनमाथि अमेरिका र बेलायतको आक्रमण सो युद्धमा अहिलेसम्म देखिएको नाटकीय प्रदर्शन थियो ।

उता अमेरिका र बेलायतले यमनविरुद्ध हवाई आक्रमण सुरु गरेपछि रुसले राष्ट्रसंघलाई तत्काल बैठक बोलाउन आग्रह गरेको छ ।

रसियाले शुक्रबार संयुक्त राष्ट्र सुरक्षा परिषद्को तत्काल बैठक बोलाउन अनुरोध गरेको हो ।

उता हुथी उप विदेश मन्त्रीले अमेरिका र बेलायतले यो ‘निरपेक्ष आक्रमण’ को ‘ठूलो मूल्य चुकाउनु पर्ने’ चेतावनी दिएका छन्।

बिहानी कारोबारमा लन्डनस्थित आईसी एक्सचेञ्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ २ प्रतिशतले बढेर प्रतिब्यारेल ७८ डलर ९४ सेन्टमा पुगेको छ ।

न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा पनि यूएस टेक्सस इन्टरमिडियट ९डब्ल्यूटीआई० को भाउ पनि २।१ प्रतिशतले ७३ डलर ५५ सेन्टमा उक्लिएको थियो ।

यो समाचार तयार पार्दाखेरि नेपाली समय अनुसार अपरान्ह १२ बजे ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ७८ डलर ९९ सेन्टमा किनबेच भइरहेको छ । सोही समयमा डब्ल्यूटीआई पनि प्रतिब्यारेल ७३ डलर ५७ सेन्टमा पुगेको छ ।

अघिल्लो दिन पनि तेलको दुवै बेञ्चमार्क झन्डै १ प्रतिशतले बढेका थिए । योसँगै लगातार दोस्रो हप्ता पनि तेलको भाउ बढ्ने क्रममा छ।

लाल सागरमा हुथी आक्रमणले यूरोप र एशिया बीचको मुख्य व्यापारिक मार्गबाट हुने अन्तरराष्ट्रिय व्यापार अवरुद्ध बनेको छ । विश्वको कूल व्यापारमा लाल सागरबाट हुने ढुवानीको १५ प्रतिशत हिस्सा छ ।

अक्टोबरयता नै हुथी समूहले इजरायलविरुद्ध लडिरहेको प्यालेष्टाइनी सशस्त्र समूह हमासको समर्थनमा लाल सागर भएर जाने ढुवानी जहाजहरूमाथि निरन्तर आक्रमण गरिरहेको छ । ढुवानी कम्पनीहरूले लालसागरको बाटोबाट ढुवानी बन्द गर्ने घोषणा गरेका छन् ।

विश्व व्यापार जोखिममा

विश्वको अधिकांश तेल र प्राकृतिक ग्यास लालसागर हुँदै आउँछ, साथै विश्वको ढुवानी ट्राफिकको लगभग १५ प्रतिशत यहि मार्गबाट हुन्छ ।

इजरायलले गाजामा आक्रमण सुरु गरेयता हुथीहरूले २७ वटा जहाजहरूमा आक्रमण गरिसकेका छन् ।

आपूर्ति तनाव र कम मागका कारण विश्वव्यापी रूपमा मूल्यमा दबाब दिइरहेको बेला व्यापार प्रवाह प्रभावित भएको बजार विश्लेषकहरुले बताएका छन् ।

केहि प्रमुख ढुवानी कम्पनी र निर्यातक बीपीले पहिले नै दक्षिणी अफ्रिकातर्फ जहाजहरू डाइभर्ट गरिसकेका छन् ।

यसले समय र लागतसमेत थपिएको छ । यदि संकट जारी रह्यो भने विश्व बजारमा तेल र सामानको मूल्य पनि नाटकीय रुपमा बढ्ने अनुमान छ ।(

Page Views: 17
संबन्धित शिर्षकहरु
स्थानीय तहलाई गैरदलीय बनाउन मिल्दैन : सरकार
भालुबाङमा कांग्रेसको प्रदेशस्तरीय निर्वाचन समीक्षा, अन्तरघात गर्नेहरूमाथि कारबाहीको माग
गैरकानूनी रुपमा नियन्त्रण गरियो : अध्यक्ष ओली
ताजा अपडेट
  • दक्षिणकाली नगरपालिका ९ रानीमडाँडामा बीएबी ५२८१ नम्बरको कार दुर्घटना, एक जनाको ज्यान गयो
  • स्थानीय तहलाई गैरदलीय बनाउन मिल्दैन : सरकार
  • भालुबाङमा कांग्रेसको प्रदेशस्तरीय निर्वाचन समीक्षा, अन्तरघात गर्नेहरूमाथि कारबाहीको माग
  • भारतीय चर्चित गायिका आशा भोस्लेको निधन
  • हाइटेक भिजनकाे नवौँ वार्षिकोत्सवमा नयाँ शाखा
  • गृहमन्त्री गुरुङ चितवन पुगे
  • विदेश जाँदा कुनै किसिमका थप बिल वा रसिद आवस्यक नपर्ने
  • भिटोफ-नेपालको २७औं महाधिवेशन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama