Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, बैशाख ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

श्रीमतीलाई हटाएर आफैँ अध्यक्ष बने रेशम चौधरी, रन्जिता भने भूमिकाविहीन

- shuvadmin / शनिबार, पुष २८, २०८०
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

धनगढी, नागरिक उन्मुक्ति पार्टी ( नाउपा) को संरक्षक रेशम चौधरीले पार्टीको अध्यक्ष आफ्नी श्रीमतीलाई हटाएर आफू बनेका छन् ।

कैलालीको टीकापुरमा चलिरहेको पार्टीको पहिलो महाधिवेशनबाट शनिबार रेशम सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

१९ पुस २०७८ मा निर्वाचन आयोगमा दल दर्ता भएको थियो । त्यो बेलामा पत्नी रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष थिइन् ।

टीकापुर घटनामा दोषी ठहर भएर जन्मकैदको सजाय काटिरहेका बेला रेमशले पार्टी गठन गरेका थिए ।

त्यो भएर उनी अध्यक्ष थिएनन् । गणतन्त्र दिवसको अवसरमा बाँकी कैद मिनाहा पाएपछि रेशम १५ जेठमा छुटेका थिए ।

उनको पार्टीमा अहिले २५ जना पदाधिकारी छन् । जसमा संस्थागत अध्यक्ष रञ्जितालाई कुनै भूमिकामा राखिएको छैन ।
रेशम अध्यक्ष बने पनि उनको पदले मान्यता पाउनेमा संशय छ ।

किनकि राजनीतिक दल सम्बन्धी ऐनको दफा १४ मा राजनीतिक दलको सदस्य हुन ‘नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको’ हुनुपर्ने व्यवस्था छ ।

उनी टीकापुर घटनामा दोषी ठहर भएर सजाय पाएका भएकोले यो ऐन आकर्षित हुनसक्ने देखिन्छ ।

रेशमले भने निर्वाचन आयोगसँग परामर्श गरिसकेको दाबी गर्ने गरेका छन्, तर आयोगका अधिकारीहरू यसलाई स्वीकार गरेका छैनन् ।

Page Views: 24
संबन्धित शिर्षकहरु
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ बुधबार
स्थानीय तहलाई गैरदलीय बनाउन मिल्दैन : सरकार
भालुबाङमा कांग्रेसको प्रदेशस्तरीय निर्वाचन समीक्षा, अन्तरघात गर्नेहरूमाथि कारबाहीको माग
ताजा अपडेट
  • २०८२ अन्तिम दिन घट्यो सेयर बजार
  • गृहमन्त्री गुरुङसँग ‘सम्हालिनसक्नु’ सम्पत्ति, भन्छन्- गरिब भएर जन्मिनु गल्ती होइन,
  • पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ बुधबार
  • दक्षिणकाली नगरपालिका ९ रानीमडाँडामा बीएबी ५२८१ नम्बरको कार दुर्घटना, एक जनाको ज्यान गयो
  • स्थानीय तहलाई गैरदलीय बनाउन मिल्दैन : सरकार
  • भालुबाङमा कांग्रेसको प्रदेशस्तरीय निर्वाचन समीक्षा, अन्तरघात गर्नेहरूमाथि कारबाहीको माग
  • भारतीय चर्चित गायिका आशा भोस्लेको निधन
  • हाइटेक भिजनकाे नवौँ वार्षिकोत्सवमा नयाँ शाखा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama