Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, बैशाख १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बिदा मनाउन परिवारै हिँडेको थियो चन्द्रागिरि, ५ जनालाई गुमाएर बाँचिन् डा. सृष्टि

- shuvadmin / आइतबार, पुष २९, २०८०
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडौ, शनिबार दिउँसो। बिदाको दिन। चन्द्रागिरिस्थित भालेश्वर मन्दिरको दर्शनका लागि काठमाडौँबाट निस्किएको थियो, डा. महेशकुमार गौतमको परिवार।

घुमघाम र दर्शनका लागि हिँडेका परिवारका ५ सदस्य मन्दिर पुग्न नपाई बीच बाटोमै अस्ताएका छन्।

श्रीमती डा. सृष्टि तिवारी गौतम, ६ वर्षीया छोरी, ४ वर्षीय छोरा र सासूससुरासहित शनिबार बिदा मनाउन हिँडेका थिए डा. गौतम।

डा. गौतमका सासु–ससुरा काठमाडौँ, मैतीदेवीका बासिन्दा हुन्। उनीहरू छोरी–ज्वाइँ र नातिनातिनासँग घुमघाममा जान पाउँदा निकै खुसी थिए।

तर, बाटैमा यो विपत्ति आइलाग्यो। दिउँसो झण्डै २ बज्न लाग्दा चन्द्रागिरि–४ स्थित हिमचुली सेतो पहरामा परिवार नै सवार कार दुर्घटना भयो।

प्रहरीका अनुसार, काठमाडौँबाट चित्लाङतर्फको सडकखण्डमा गाडी अनियन्त्रित भई ५ सय मिटर तल खसेको थियो।

दुर्घटनामा डा. गौतमसहित उनकी सासु ६४ वर्षीया कल्पना तिवारी, सुसरा ६७ वर्षीय ओमकार निधि तिवारी, छोरी स्मारिका गौतम र छोरा प्रियान्स गौतमको ज्यान गएको छ।

सोही दुर्घटनामा परेकी डा. गौतमकी श्रीमती सुष्टि भने सकुशल रहेको प्रहरीले जनाएको छ। डा.गौतमको परिवार भने काठमाडौँको लाजिम्पाटमा बस्दै आएको थियो।

महेशका श्रीमान्श्री/मती नै ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा कार्यरत चिकित्सक हुन्।

जन्म दिने बुवा–आमा, कर्म दिने श्रीमान् र भविष्य बोकेका कलिला छोराछोरी आफ्नै आँखा अगाडि गुमाएर अस्पतालको बेडमा पुगेकी छिन्, डा.सृष्टि तिवारी गौतम।

घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। शवहरू भने पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ।

Page Views: 48
संबन्धित शिर्षकहरु
नेकपाले प्रदेश इञ्चार्ज र संयोजक ताेक्याे
आज देशभर २०औँ लोकतन्त्र दिवस मनाइँदै
सञ्चार मन्त्रालयको विज्ञप्तिप्रति अनलाइन पत्रकार संघको आपत्ति
ताजा अपडेट
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द
  • विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
  • हावाहुरीसहित वर्षाकाे सम्भावना
  • आजदेखि नयाँ शैक्षिकसत्र सुरु
  • सिरहाकाे नेपाल-भारत सीमाबाट लाखाैँकाे सामग्री बरामद
  • नेकपाले प्रदेश इञ्चार्ज र संयोजक ताेक्याे
  • काेशी र गण्डकीमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाकाे सम्भावना
  • मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama