Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, कार्तिक ०७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामा सीमित

- shuvadmin / मङ्गलबार, साउन ०७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ।

बंगलादेशको ढाकास्थित बसुन्धरा किंंग्स एरिनामा साँझ पौने ७ बजे सुरु भएको खेलमा नेपाल बंगलादेशसँग ० का विरुद्ध ४ गोलले स्तब्ध भयो।

घरेलु टोलीका लागि फरवार्ड मोसमत सागोरिका नायक बनिन्। उनले ह्याट्रिकसहित चार गोल गर्दै टोलीलाई उपाधि जिताइन्।

खेलको ८औं मिनेटमै सागोरिकाले नेपालको रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै पहिलो गोल गरिन्।

यसअघिको नेपालविरुद्धको खेलमा रातो कार्ड पाएर तीन खेल प्रतिबन्धमा परेकी सागोरिकाले पुनरागमनको खेलमै उत्कृष्ट प्रदर्शन गर्दै क्रमशः ५१औं, ५८औं र ७७औं मिनेटमा गोल गर्दै व्यक्तिगत चार गोल पूरा गरिन्।

यो जितसँगै बंगलादेशले प्रतियोगितामा अपराजित यात्रा कायम राख्दै लगातार दोस्रो पटक यू-२० महिला साफ च्याम्पियनसिपको उपाधि जित्न सफल रह्यो।

डबल राउन्ड फर्म्याटमा भएको प्रतियोगितामा बंगलादेशले श्रीलंकालाई ९-१ र ५-०, नेपाललाई ३-२ र ३-० तथा भुटानलाई ४-१ र ३-० ले हराउँदै ६ मध्ये सबै खेल जितेर १८ अंकका साथ च्याम्पियन बन्यो।

नेपालले भने भुटानलाई ६-१, श्रीलंकालाई दुईपटक ७-० र भुटानलाई फेरि ८-० ले पराजित गरे पनि बंगलादेशसँग दुई हार व्यहोर्दै १२ अंकमा सीमित रह्यो।

नेपाल प्रतियोगिताको उपविजेता बन्दा भुटान तेस्रो र श्रीलंका पुछारमा रहन पुगे।

Page Views: 80
संबन्धित शिर्षकहरु
चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने
आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
ताजा अपडेट
  • दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
  • आज दुईवटा अध्यादेश जारी
  • दसैँका लागि नोट साट्दै सर्वसाधारण
  • चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama