Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कम्बोडियासँग युद्ध हुनसक्ने थाइल्यान्डको चेतावनी

- shuvadmin / शुक्रबार, साउन १०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, दुवै देशले दोस्रो दिन घातक आक्रमणहरू गरिरहेको बेला थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचाचाइले शुक्रबार कम्बोडियासँगको सीमापार झडपले एक लाख ३० हजारभन्दा बढी मानिसलाई विस्थापित गरेको भन्दै यो झडप ‘युद्धमा परिणत’ हुनसक्ने चेतावनी दिएका छन् ।

लामो समयदेखि चलिरहेको सीमा विवाद बिहीबार जेट, तोपखाना, ट्याङ्क र स्थल सैनिकहरूसहित तीव्र लडाइँमा परिणत भएको छ र संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले शुक्रबारपछि यस सङ्कटमा आपत्कालीन बैठक गर्ने तयारी गरेको छ ।

सीमाको कम्बोडियाली पक्षबाट लगातार तोप आक्रमणको आवाज सुन्न सकिन्छ । त्यहाँ ओड्डर मिन्चे प्रान्तले एक ७० वर्षीय नागरिक मारिएको र पाँच जना घाइते भएको रिपोर्ट गरेको छ ।

थाइल्यान्डको सीमावर्ती क्षेत्रहरूबाट एक लाख ३८ हजारभन्दा बढी मानिसलाई बाहिर निकालिएको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले १४ नागरिक र एक सैनिकसहित १५ जनाको मृत्यु भएको र १५ सैनिकसहित ४६ जना घाइते भएको बताएको छ ।

“हामीले छिमेकी भएकाले सम्झौता गर्ने प्रयास गरेका छौँ, तर अब हामीले थाई सेनालाई जरुरी अवस्थामा तुरुन्तै कार्य गर्न निर्देशन दिएका छौँ”, वेचाचाइले बैङ्ककमा पत्रकारहरूलाई भने, “ स्थिति बढ्यो भने यो युद्धमा परिणत हुनसक्छ, यद्यपि अहिलेका लागि यो झडपमा मात्र सीमित छ ।”

सीमाबाट २० किलोमिटर (१२ माइल) टाढा रहेको कम्बोडियाको सहर सामराङमा एएफपीका पत्रकारहरूले गोली चल्दा परिवारहरू आफ्ना छोराछोरी र सामानहरू लिएर गाडीमा द्रूत गतिमा भागेको देखेका छन् ।

“म सीमा नजिकै बस्छु । हामी डराएका छौँ किनभने उनीहरूले बिहान ६ः०० बजे फेरि गोली चलाउन थाले”, ४१ वर्षीय प्रो बाकले भने ।

उहाँ आफ्नी श्रीमती र बच्चाहरूलाई शरण खोज्न बौद्ध मन्दिरमा लैजाँदै हुनुहुन्थ्यो । “हामी कहिले घर फर्कन सक्छौँ मलाई थाहा छैन”, उनले भने ।

एएफपीका पत्रकारहरूले पनि सैनिकहरू रकेट लन्चरहरू चलाउन र सीमातिर द्रूत गतिमा दौडिरहेको देखे ।

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले आफूले बिहीबार दुवै देशका नेताहरूसँग वार्ता गरेको र युद्धविराम र संवादको आह्वान गरेको बताए ।

मलेसियाले हाल क्षेत्रीय समूह आसियानको अध्यक्षता गरिरहेको छ ।

“म बैङ्कक र नोमपेन्ह दुवैले यो अगाडिको बाटो विचार गर्न देखाएको सकारात्मक सङ्केत र इच्छाशक्तिको स्वागत गर्छु”, उनले बिहीबार साँझ फेसबुक पोस्टमा भनेका छन् ।

तर, अनवरको आशावादका बावजुद थाई सेनाले शुक्रबार बिहान ४: ०० बजे -२१०० जिएमटी बिहीबार) तीन क्षेत्रमा लडाइँ पुनः शुरु भएको बताएको छ ।

कम्बोडियाली सेनाले भारी हतियार, फिल्ड आर्टिलरी र बिएम-२१ रकेट प्रणालीले बमबारी गरेको बताएको छ । थाई सेनाले ‘उचित सहायक फायर’ का साथ जवाफ दिएको बताएको छ ।

शान्तिका लागि आह्वान

यो लडाइँले छिमेकी देशहरूबीचको साझा आठ सय किलोमिटर (पाँच सय माइल) सीमालाई लिएर लामो समयदेखि चलिरहेको विवादमा नाटकीय वृद्धि भएको छ ।

दुवै मुलुकको साझा सीमामा लाखौँ विदेशी पर्यटकका लागि लोकप्रिय गन्तव्यहरू छन् ।

धेरै क्षेत्रमा दर्जनौँ किलोमिटर विवादित छ । सन् २००८ र सन् २०११ को बीचमा लडाइँ शुरु हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको थियो भने हजारौँ विस्थापित भएका थिए ।

सन् २०१३ मा संयुक्त राष्ट्रसङ्घको अदालतले एक दशकभन्दा बढी समयका लागि यो मुद्दा सुल्झाएको थियो ।

तर, हालको सङ्कट मे महिनामा नयाँ झडपमा एक कम्बोडियाली सैनिक मारिएपछि सुरु भयो । थाई सेनाका अनुसार बिहीबारको लडाइँ दुई प्राचीन मन्दिरसहित छवटा स्थानमा केन्द्रित थियो ।

ट्याङ्कहरूद्वारा सुसज्जित स्थल सेनाहरूले क्षेत्रको नियन्त्रणका लागि लडाइँ गरे भने कम्बोडियाले थाइल्यान्डमा रकेट र गोलाहरू प्रहार गर्‍यो र थाईहरूले सीमापारका सैन्य लक्ष्यहरूमा प्रहार गर्न एफ–१६ जेटहरू उडाए ।

दुवै पक्षले पहिले गोली चलाएकोमा एकअर्कालाई दोष दिएका छन् । थाइल्यान्डले कम्बोडियालाई गोला प्रहार गरेको अस्पताल र कम्तीमा एउटा रकेटले प्रहार गरेको पेट्रोल स्टेसनसहित नागरिक पूर्वाधारलाई लक्षित गरेको आरोप लगाएको छ ।

थाइल्यान्डले कम्बोडियाली राजदूतलाई निष्कासन गरेको र थाई सैन्य गस्तीका पाँच सदस्य बारुदी सुरुङमा घाइते भएपछि आफ्नै दूतलाई फिर्ता बोलाएको केही घण्टापछि बिहीबारको झडप भएको थियो ।

कम्बोडियाले बिहीबार सम्बन्धलाई ‘निम्नतम स्तर’ मा घटायो, एक बाहेक आफ्ना सबै कूटनीतिज्ञलाई फिर्ता बोलायो र नोम पेन्हबाट उनीहरूका थाई समकक्षहरूलाई निष्कासन गर्‍यो ।

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटको अनुरोधमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले घातक झडपहरूबारे छलफल गर्न शुक्रबार आपत्कालीन बैठक आयोजना गर्ने कूटनीतिक स्रोतहरूले बताएका छन् ।

संयुक्त राज्य अमेरिकाले द्वन्द्वको ‘तत्काल’ अन्त्य गर्न आग्रह गरेको छ भने कम्बोडियाको पूर्व औपनिवेशिक शासक फ्रान्सले पनि यस्तै आह्वान गरेको छ ।

नोमपेन्हको निकट सहयोगी युरोपेली सङ्घ (इयु) र चीनले वार्ताको आह्वान गर्दै द्वन्द्वबारे ‘गहिरो चिन्ता’ व्यक्त गरेका छन् ।
रासस/एएफपी

Page Views: 30
संबन्धित शिर्षकहरु
४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama