Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

चलचित्र ‘बुकी’को फस्टलुक पोष्टर सार्वजनिक

- shuvadmin / आइतबार, साउन १९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, चलचित्र ‘बुकी’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ ।

मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्रको निर्माण पक्षले शनिबार फस्टलुक पोष्टर सार्वजनिक गरेको हो ।

हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मसको प्रस्तुति रहेको चलचित्रको पहिलो झलक पोष्टरमा नाम बोक्ने बुकी फूल छ, जुन झपक्क फूलेको छ ।

लेकाली भूगोलको चौरलाई नजिकै आउँदै गरेको कुहिरोले डम्म छोप्न लागेको छ । चौरमा एक पुरुषसहित सात महिला छन् । जो भलिबल खेलिरहेका छन् ।

भलिबलको नेट र कोर्टसमेत रहेकाले सायद उनीहरू महिला टुर्नामेन्टका लागि तयारी गरिरहेका छन कि १ तर, निर्माण पक्षले प्रष्ट भने पारेको छैन ।

बुकी फूल हिमाली क्षेत्रका पाटनमा वर्षाको समयमा फुल्ने गर्छन् । स्थानीय बासिन्दाले हिमाली क्षेत्रका पाटनलाई बुकी भन्ने हुँदा त्यहाँ फुल्ने फूललाई बुकी फूल भन्ने गरिएको हो ।

यो चलचित्रले खेलकुद तथा प्रकृतिबिचको सम्बन्धको कथा भन्ने छ ।

चलचित्रको कार्यकारी निर्मातामा प्रकाश आले र राजन केसी छन् । निर्मातमा लक्ष्मण सापकोटा, अमिशा काउचा थापा, रमेश थापा लगायत छन् ।

क्रिएटिभ प्रोडुसरमा राजेश थापा र बसुन्धरा खरेल छन् । को-प्रोडुसरमा जितु थापा, सुनील बुढाथोकी छन् ।

कलाकारमा सुरक्षा पन्त, देबेन्द्र बब्लु, रोशनी कार्की, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमलसिना, गानु जोशी, अनु दाहाल, सन्दीप बाबु लोहनी, नीशा बजगाईं लगायत छन् ।

चलचित्रको एशोसिएट डिरेक्टरमा आशुका अर्याल, चिफ असिस्टेन्ट डिरेक्टरमा आचार्य गोपाल छन् । विकास गन्दर्भको डीओपी रहेको चलचित्रमा भुपेन्द्र अधिकारीको सम्पादन छ ।

चलचित्रको असिस्टेन्ट डिरेक्टरमा टाईग्रिस, निशा दाहाल, उज्वल अधिकारी, कलर मनोरञ्जन श्रेष्ठ रहेका छन् ।

लोकेशन साउन्डमा बिसन बस्नेत, सिमान्त थापा, डाइमन्ड आचार्य र निर्जल खत्री छन् । ड्रोनमा टार्जन लिम्बुको रहेको सिनेमामा संगीत दीपक शर्मा र एचबीएन किस्मतको रहेको ।

राकेश दाहालको पब्लिसिटी डिजाइन रहनेछ । एमयूएमा श्याम मल्ल, प्रोडक्सन हेडमा थम्मन थापा छन् ।

चलचित्र ‘बुकी’को छायाकंन काठमाडौ, पोखरा, बाग्लुगंको ढोरपाटन लगायतका क्षेत्रमा गरिएको हो ।

प्रदर्शन मिति तय नभएको यो चलचित्रलाई २०२६ भित्र रिलिज गर्ने निर्माण पक्षले लिएको छ ।

Page Views: 93
संबन्धित शिर्षकहरु
तीजको रंगमा पूजन काफ्लेको नयाँ सांगीतिक कोशेली, ‘तीजको लहर आउँदा बरिलै’ सार्वजनिक
बक्स अफिसमा ‘गौंथली’को दबदबा, सर्वाधिक कमाउने सातौं नेपाली फिल्मको कीर्तिमान
मिस नेपाल २०२६ को उपाधिका लागि महिमा पन्त प्रतिस्पर्धामा
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama