Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, मङि्सर १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

टप इन्ड टी-२० का लागि नेपालको टिम घोषणा, कुशलको पुनरागमन

- shuvadmin / मङ्गलबार, साउन २१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, यही अगस्ट १४ देखि २४ सम्म अष्ट्रेलियाको डार्विनमा आयोजना हुने टप इन्ड टी–२० सिरिजका लागि नेपालको टिम घोषणा गरिएको छ ।

सो प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।

टिममा अलराउन्डर कुशल मल्लले पुनरागमन गरेका छन् । पछिल्लो स्टकल्याण्ड टूरमा स्थान नपाएका उनका लागि यो सिरिज अन्तर्राष्ट्रिय फर्ममा पुनः फर्किनका लागि महत्वपूर्ण अवसर हुनेछ ।

सोमबार घोषित टिममा कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, गुलशन झा, आरिफ सेख, भीम सार्की, कुशल मल्ल,सोमपाल कामी, नन्दनकुमार यादव, रुपेशकुमार सिंह, करण केसी, रिजन ढकाल, लोकेश बम र ललितनारायण राजवंशीले मौका पाएका छन् ।

नेपालले प्रतियोगिताको लिग चरणमा ६ खेल खेल्ने तालिका सार्वजनिक भइसकेको छ ।

नेपालले पहिलो खेलमा १५ अगस्टमा स्थानीय टोली नर्दर्न टेरिटोरी स्ट्राइकविरुद्ध खेल्ने तालिका छ ।

त्यसपछि नेपाल १६ अगस्टमा बंगलादेश ‘ए’, १८ अगस्टमा मेलबर्न स्टार्स, १९ अगस्टमा होबार्ट हरिकेन्स, २० अगस्टमा मेलबर्न रेनेगेड्स र २२ अगस्टमा पाकिस्तान शाहीन्सविरुद्ध खेल्नेछ ।

प्रतियोगितामा नेपालसहित ११ टोली सहभागी हुने छन् लिग चरणपछि शीर्ष चार टोलीले सेमिफाइनल खेल्ने छन् ।

त्यहाँबाट दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । नेपालले अस्ट्रेलिया भ्रमणलाई विश्वकप छनोटको तयारीको रूपमा हेरेको छ ।

नेपालले विश्वकप छनोट आउँदो अक्टोबरमा खेल्ने तालिका छ ।

Page Views: 106
संबन्धित शिर्षकहरु
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकाे खेलस्थल तालिका सार्वजनिक
दोस्रो क्वालिफायरमा चितवन र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुँदै
चितवन राइनोजद्वारा काठमाडौंसामु २०५ रनको लक्ष्य प्रस्तुत
ताजा अपडेट
  • विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
  • पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
  • निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने
  • यूएईका काभ्रेलीद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  • रेलबाट आएका यात्रुको स्वागत
  • हिजो भारतको अयोध्याबाट गुडेको रेल आज जनकपुरधाम आइपुग्दै
  • भारतमा ५‍.३ म्याग्निच्युडको भूकम्प, नेपालको केही जिल्लामा पनि महसुस
  • ताप्लेजुङमा भूकम्पकाे धक्का

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama