Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, मङि्सर १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अस्ट्रेलियामा नेपालको लगातार दोस्रो हार

- shuvadmin / शनिबार, साउन ३२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको दोस्रो खेलमा नेपाल बङ्गलादेश ‘ए’ सँग ३२ ले पराजित भएको छ ।

डार्विनको मरारा क्रिकेट मैदानमा शनिबार जितका लागि एक सय ८७ रनको प्रतिस्पर्धात्माक लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ५४ रनमा समेटिएको थियो ।

नेपालको यो लगातार दोस्रो हार हो । यसअघि शुक्रबार नेपाल आफ्नो पहिलो खेलमा स्थानीय क्लब नर्दन टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको थियो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक अविजित ५९ रन बनाए । उनले ४७ बलमा ६ चौका र एक छक्काको सहयोगमा उक्त रन बनाए । 

यस्तै आशिफ शेखले २८, लोकेश बमले १५, नन्दन यादवले अविजित १४, कुशल भुर्तेलले १२ र कप्तान रोहित पौडेलले १० रन बनाए ।

बलिङमा बङ्गलादेशका रकिबुल हसनले तीन विकेट लिए । हसन महमुदले दुई तथा टोफेल अहमद, र रिपोन मेनडोलले एक /एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको बङ्गलादेशले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ८६ रन बनाएको थियो ।

बङ्गलादेशका लागि ओपनर जिसम आलमले सर्वाधिक ७३ रन बनाए । यस्तै अफिफ हुसेनले अविजित ४८, मोहमद नईमले २५ र सैफ हसनले ११ रन बनाए ।

बलिङमा नेपालका रिजन ढकालले दुई विकेट लिनुभयो । सन्दीप लामिछाने, करण केसी र नन्दन यादवले एक/एक विकेट लिए ।

नेपाल सिरिजको पहिलो खेलमा शुक्रबार स्थानीय क्लब नर्दन टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको थियो ।

नेपालले अब १८ तारिख मेलबर्न स्टार्स, १९ मा होबार्ट हुरिकेन्स, २० मा मेलबर्न रेनेगेड्स र २२ मा पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्ने छ ।

यस सिरिजमा ११ टोलीको सहभागिता रहेको छ ।

यस सिरिजपछि नेपालले अगस्ट २६ देखि ३० तारिखसम्म क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग पाँच वटा अभ्यास खेल पनि खेल्ने पक्का भएको हो ।

नेपालले अगस्ट २६ मा एसिटी तथा अगस्ट २८ मा साउथ अस्ट्रेलियासँग दुई/दुई वटा टी–२० खेल खेल्ने छ ।

यस्तै अगस्ट ३० तारिख साउथ अस्ट्रेलियासँगै एकदिवसीय खेल खेल्ने छ ।

नेपालले अष्ट्रेलिया भ्रमणलाई आगामी अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका रूपमा लिएको छ ।

Page Views: 112
संबन्धित शिर्षकहरु
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकाे खेलस्थल तालिका सार्वजनिक
दोस्रो क्वालिफायरमा चितवन र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुँदै
चितवन राइनोजद्वारा काठमाडौंसामु २०५ रनको लक्ष्य प्रस्तुत
ताजा अपडेट
  • विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
  • पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
  • निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने
  • यूएईका काभ्रेलीद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  • रेलबाट आएका यात्रुको स्वागत
  • हिजो भारतको अयोध्याबाट गुडेको रेल आज जनकपुरधाम आइपुग्दै
  • भारतमा ५‍.३ म्याग्निच्युडको भूकम्प, नेपालको केही जिल्लामा पनि महसुस
  • ताप्लेजुङमा भूकम्पकाे धक्का

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama