Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, साउन १२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मेलबर्न स्टार्ससँग पनि निरीह बन्यो नेपाल, शृंखलामा लगातार तेस्रो हार

- shuvadmin / सोमबार, भदौ ०२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, अस्ट्रेलियामा जारी टप इन्ड टी-२० सिरिज क्रिकेट प्रतियोगितामा नेपाली टोलीले लगातार तेस्रो हार भोगेको छ ।

नेपाली टोली सोमबार सम्पन्न आफ्नो तेस्रो खेलमा मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भयो ।

टस जितेर पहिले ब्याटिङको निर्णय लिएको मेलबर्न स्टार्स एकेडेमीले निर्धारित ओभरमा सात विकेट गुमाएर १७५ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले निर्धारित ओभरमा सात विकेट गुमाएर १४४ रनमात्र बनाउन सक्यो ।

जारी प्रतियोगितामा नेपाली टोलीले भोगेको यो लगातार तेस्रो हार हो । यसअघि, आफ्नो पहिलो खेलमा नेपाली टोली एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो ।

आफ्नो दोस्रो खेलमा पनि नेपाली टोली बंगलादेशको ‘ए’ टोलीसँग ३२ रनले पराजित भएको थियो ।

नेपाली टोलीका लागि ओपनर ब्याट्सम्यान आसिफ शेखले अर्धशतकीय पारी खेले ।

उनले ४९ बलमा ५३ रन बनाए । यस क्रममा उनले एक छक्का र तीन चौका प्रहार गरे । उनी दूर्भाग्यपूर्ण तरिकाले रन आउट भएका थिए ।

कप्तान रोहितकुमार पौडेलले पनि ३३ रन बनाए । उनले ३१ बलमा तीन चौका हिर्काए । ओपनर कुशल भुर्तेलले पनि टोलीको खातामा २५ रन थपे ।

उनले १३ बलमा चार चौका प्रहार गरे । कुशल मल्लले ११ रन बटुले । त्यसअघि, मेलबर्न स्टार्स एकेडेमीका लागि दुई ब्याट्सम्यानले उत्कृष्ट अर्धशकीय पारी खेलेका थिए ।

ओपनर टम रोजर्सले ६५ रन बनाए । उनले केवल ४६ बलको सामना गरी एक छक्का र सात चौका हिर्काएका थिए ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका ब्लेक म्याकडोनल्डले पनि टोलीका लगि ७४ रनको योगदान गरे ।

आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल ४७ बलको सामना गरी दुई छक्का र सात चौका पनि हिर्काएका थिए ।

विकेटकिपर ब्याट्सम्यान साम हार्परले ११ रन बनाए । मेलबर्न स्टार्स एकेडेमीका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपाली टोलीका बलर सन्दीप लामिछानेले तीन विकेट लिए । प्रभावशाली लेग–स्पिनर सन्दीपले चार ओभरमा २६ रन खर्चिएका थिए ।

जारी शृंखलामा उनले लिएको विकेट संख्या सात पुगेको छ । सोमपाल कामी र साहब आलमले पनि एक–एक विकेट हात पारे ।

टप इन्ड सिरिज अगस्ट २४ तारिखसम्म सञ्चालन हुनेछ । शृंखलामा नेपालले आफ्नो चौथो खेल मंगलबार हरिकन्ससँग खेल्नेछ ।

नेपालले २० तारिखमा रेनगेड्ससँग पाँचौं र २२ तारिखमा पाकिस्तान ‘ए’सँग छैटौं खेल खेल्नेछ ।

यो शृंखला सकिएलगत्तै नेपाली टोली अस्ट्रेलियामै अर्को शृंखलामा सहभागी हुनेछ । दोस्रो शृंखलामा पनि नेपाली टोलीले कूल पाँच खेल खेल्नेछ ।

दोस्रो शृंखलामा नेपाली टोलीले क्रिकेट एसीटीसँग अगस्त २६ तारिखमा पहिलो खेल खेल्नेछ । सोही दिन नेपाली टोलीले आफ्नो दोस्रो खेल पनि क्रिकेट एसीटीसँगै खेल्नेछ ।

अगस्ट २८ तारिखमा नेपाली टोलीले साउथ अस्ट्रेलियासँग तेस्रो खेल खेल्नेछ । सोही दिन नेपालले आफ्नो चौथो खेल पनि साउथ अस्ट्रेलियासँगै खेल्नेछ ।

नेपालले आफ्नो पाँचौं खेल ३० तारिखमा साउथ अस्ट्रेलियासँगै खेल्नेछ ।

नेपाली टोलीले यी दुवै शृंखला आगामी टी–२० विश्वकपको छनोट प्रतियोगिताको तयारीका क्रममा खेल्न लागेको हो ।

एसिया तथा प्रशान्त क्षेत्रको अन्तिम चरणको विश्वकप छनोट प्रतियोगिता आगामी अक्टोबर ८ देखि १७ तारिखसम्म ओमानमा आयोजना हुँदैछ ।

छनोट प्रतियोगितामा नेपालसहित नौ टोली सहभागी हुनेछन् । नेपाल, जापान र कुवेत प्रतियोगिताको समूह ‘बी’ मा छन् ।

मलेसिया, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) समूह ‘ए’ मा छन् । समूह ‘सी’ मा भने आयोजक ओमान, पपुवा न्यू गिनी र समाओ रहेका छन् ।

अन्तिम चरणको उक्त छनोट प्रतियोगिताबाट तीनवटा टोली आगामी आईसीसी टी–२० विश्वकपमा पुग्नेछन् ।

आगामी टी–२० विश्वकप सन् २०२६ को फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ ।

Page Views: 71
संबन्धित शिर्षकहरु
आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने
आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
नेपालले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै
ताजा अपडेट
  • सुरुङमार्गमा गाडी चलाउने नेपालीको सपना पूरा
  • नेपालको पहिलो नागढुङ्गा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
  • साउनको दोस्रो सोमबार शिवालयहरुमा दर्शनार्थीको घुइँचाे
  • आज धनगढीमा डाक्टर केसीसँग निर्णायक वार्ता हुँदै
  • मिस नेपाल २०२६ को उपाधिका लागि महिमा पन्त प्रतिस्पर्धामा
  • आज देशकाे केहि भू–भागमा भारी वर्षाकाे सम्भावना
  • नेपालको पहिलो ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन गरिँदै
  • बुद्ध एयरले ल्यायाे एटीआर–७२–६०० विमान

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama