Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, मङि्सर १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सोमपाल नायक बन्दा टप इन्ड टि-ट्वान्टी सिरिजमा नेपालको दोस्रो जीत

- shuvadmin / बुधबार, भदौ ०४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, सोमपाल कामीको घातक बलिङमा मेलबर्न रेनेगड्सलाई हराउँदै नेपालले अस्ट्रेलियामा जारी टप इण्ड टि-ट्वान्टी सिरिजमा लगातार दोस्रो जीत दर्ता गरेको छ।

बुधबार भएको खेलमा नेपालले मेलबर्नलाई ३३ रनले पराजित गर्दै सिरिजमा दोस्रो जीत हात पारेको हो।

नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको मेलबर्नले निर्धारित २० ओभरमा १० विकेटको क्षतिमा १ सय ६ रन मात्र बनाउन सक्यो।

मेलबर्नका लागि अर्जुन नैर २६ रन बनाउँदा सोमपाल कामीको बलमा बोल्ड आउट भए। जय लेमिरे १८ रनमा रन आउट भए।

ह्यारी डेक्सनले १६ रन थपे। ओलिभर पिक १४ रनमा रनआउट भए। नेपालका लागि सोमपाल कामीले ५ विकेट झारे।

कुशल भुर्तेलले दुई विकेट लिए। साहव आलम र रुपेश सिंहले समान एक विकेट आफ्नो नाममा गरे।

त्यसअघि डार्विनस्थित काजालिस एरिना पामर्स्टनमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३९ रनको योगफल तयार पारेको थियो।

नेपालका लागि कुशल मल्लले २९ र दिपेन्द्रसिंह ऐरिले २७ रन बनाए। लोकेश बमले २४ रन थपे।

रुपेश सिंह १६ रनमा नटआउट रहे। भीम सार्की १७ र आरिफ शेख १२ रन बनाउँदै पेभेलियन फर्के। गुल्सन झा २ र कुशल भुर्तेल १ रनमा आउट भए।

सिरिजको अन्तिम खेलमा नेपालले शुक्रबार पाकिस्तानको साहिन्सविरुद्व खेल्नेछ।

Page Views: 120
संबन्धित शिर्षकहरु
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकाे खेलस्थल तालिका सार्वजनिक
दोस्रो क्वालिफायरमा चितवन र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुँदै
चितवन राइनोजद्वारा काठमाडौंसामु २०५ रनको लक्ष्य प्रस्तुत
ताजा अपडेट
  • विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
  • पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
  • निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने
  • यूएईका काभ्रेलीद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  • रेलबाट आएका यात्रुको स्वागत
  • हिजो भारतको अयोध्याबाट गुडेको रेल आज जनकपुरधाम आइपुग्दै
  • भारतमा ५‍.३ म्याग्निच्युडको भूकम्प, नेपालको केही जिल्लामा पनि महसुस
  • ताप्लेजुङमा भूकम्पकाे धक्का

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama