Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेपाल आर्ट एन्ड कल्चर महोत्सव भदौ २० देखि हुने

- shuvadmin / आइतबार, भदौ ०८, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडौँ । पर्यटक आकर्षित गर्न पहिलोपटक ‘नेपाल आर्ट एन्ड कल्चर’ महाेत्सव आयोजना हुने भएको छ। नेपाल पर्यटन बोर्ड र नेपाल आर्ट काउन्सिलले काठमाडौँ उपत्यकाका चारवटै महानगरपालिकासँगको सहकार्यमा पहिलोपटक नेपाल आर्ट एन्ड कल्चर महोत्सव आयोजना गर्न लागेको हो।

सम्मेलन यही भदौ २० देखि आगामी असोज १० गतेसम्म काठमाडौँ, ललितपुर, भक्तपुर र कीर्तिपुरमा आयोजना हुनेछ। कार्यक्रम संयोजक आयुषा श्रेष्ठले तीन सातासम्म सञ्चालन हुने महोत्सवमा ४० वटा कार्यक्रम आयोजना गरिने जानकारी दिए। इन्द्रजात्राको अवसरसँगै सुरु हुने महोत्सव उपत्यकाका सम्पदा, कला, संस्कृतिको समग्र उत्सवका रूपमा प्रस्तुत गरिने उनले बताए।

नेपालको सांस्कृतिक पर्वहरूलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउन महोत्सव आयोजना गर्न लागिएको नेपाल आर्ट काउन्सिलका अध्यक्ष सागरशमशेर राणाले जानकारी बताए। उनले कार्यक्रमले स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्ने उद्देश्य राखेको बताए।

‘नेपालको शाश्वत कला, संस्कृति, खानपान र सम्पदाको उत्सव’ भन्ने नारासहित सुरु हुने महोत्सवले उपत्यकाका चार पालिकासहित पर्यटनसँग सम्बन्धित संघसंस्था र सरोकारवालालाई समेटेर सांस्कृतिक प्रदर्शनी, कला-कौशल, संगीत-नृत्य, परम्परागत परिकार तथा जीवित संस्कृति अनुभव गर्ने अवसर प्रदान गरिने नेपाल पर्यटन बोर्डले जनाएको छ।

उपत्यकाका पुराना सहर-काठमाडौँ, पाटन, भक्तपुर र कीर्तिपुरलाई उत्सवमय बनाउने उद्देश्यले सुरु हुन लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले महोत्सवले नेपाललाई सांस्कृतिक वैभव र धरोहरहरूको भण्डारका रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको स्पष्ट पारे। उनले भने, ‘हाम्रो संस्कृतिलाई जोगेर्ना गर्दै धरोहरहरूको वैभवतालाई संसारभर चिनाउनुपर्छ। यो महोत्सवले नेपालमा पर्यटकको संख्या बढाउनुका साथै आर्थिक आम्दानीमा योगदान पुर्‍याउने विश्वास लिएका छौँ।’

महोत्सव सञ्चालन समितिका प्रमुख एवं नेपाल होटल व्यवसायी संघ (हान) का अध्यक्ष विनायक शाहले नेपाल ‘लाइफटाइम एक्सपेरियन्स’ का लागि उत्कृष्ट गन्तव्य भएको उल्लेख गरे। उनले भने, ‘नेपाल लाइफटाइम एक्सपेरियन्स लिने उत्कृष्ट गन्तव्य हो। पर्यटन र जात्रा-महोत्सव जोड्ने हाम्रो प्रयासअन्तर्गत हुने यो महोत्सवले ‘एक्सपेरिमेन्टल टुरिजमका’ लागि योगदान गर्ने हाम्रो विश्वास छ।’

Page Views: 47
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama