Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, बैशाख ०७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

गठबन्धन पाँच वर्ष होइन दशौँ वर्ष कायम रहन्छ, चुनावमा निरन्तर गठबन्धन हुन्छ : नेता सिटौला

- shuvadmin / शुक्रबार, माघ ०५, २०८०
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

ओखलढुंगा, नेपालीका कांग्रेसका नेता तथा राष्ट्रियसभामा कोशी प्रदेशका उम्मेदवार कृष्णप्रसाद सिटौलाले गठबन्धन अझै केही चुनाव नटुट्ने बताएका छन् ।

मत माग्न ओखलढुंगा पुगेका नेता सिटौलाले गठबन्धनको भविष्यबारे कतिपयले प्रश्न गरिरहेको भन्दै अझै अर्को चुनावमा पनि गठबन्धन कायम रहने बताएका हुन् ।

गठबन्धन पार्टी र नेताका लागि भन्दा पनि जनताका लागि बनेको उनको भनाइ छ ।

संविधानको रक्षा, सफल कार्यान्वयन, जनताका हकअधिकार सुनिश्चित गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न गठबन्धन बनेको उनको तर्क थियो ।

‘यो गठबन्धन जनताका लागि बनेको हो, आफ्नो लागि होइन । संविधानविपरीत भएका गतिविधिलाई निस्तेज गर्न बनेको हो, गठबन्धन ।

प्रजातन्त्र प्राप्तिका लागि विसं २००७ मा भएको आन्दोलन, २०४६ सालको आन्दोलन र २०६२/६३ को जनआन्दोलनको जगमा निर्माण भएको संविधानलाई खतरामा पार्ने गतिविधि देखिएकाले त्यस्ता प्रयासलाई असफल बनाउन हामी एकताबद्ध भएका हौँ,’ उनले भने, ‘यो गठबन्धनको भविष्य छैन ।

आलोपालोमा कुरा मिल्दैन भनेर टिप्पणी गर्नेलाई म यहीँबाट जवाफ दिन चाहन्छु । हाम्रो सहयात्रा यो पाँच वर्ष होइन, दशौँ वर्ष कायम रहन्छ । अबका केही चुनावमा निरन्तर गठबन्धन हुन्छ ।’

राष्ट्रियसभा निर्वाचनमा कतिपय मत बदर हुने गरेकाले त्यो अवस्था सुधार गर्न नेता सिटौलाले अपिल गरे ।

कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद प्रदीप पौडेलले संविधानको सफल कार्यान्वयनमा सबै दल मिलेर लाग्नुपर्नेमा जोड दिए ।

संविधान बनेर पनि सफल रुपले कार्यान्वयनको चरणमा नजाँदा संघीयतामाथि नै प्रश्न उठ्न थालेकाले यसतर्फ सबै दल सचेत हुनुपर्ने उनको भनाइ छ ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संविधान बनाउन महत्वपूर्ण भूमिका खेल्ने नेता सिटौलालाई नेतृत्व तहमा पुर्याउनु पर्ने बताए ।

कोशी प्रदेशका जिल्लामा मत माग्ने क्रममा कांग्रेस नेता तथा उम्मेदवार सिटौला र गठबन्धनकै उम्मेदवार माओवादी केन्द्रकी चम्पादेवी कार्की ओखलढुंगाबाट आएका हुन् ।

उम्मेदवारले गठबन्धनबाट जितेका नगरपालिका प्रमुख, उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसँग भेट गरेका छन् ।

जिल्ला तथा प्रदेशका गठबन्धनबाट चुनाव जितेका जनप्रतिनिधिले गठबन्धनको मत अन्यन्त्र नजाने वाचा गरेका छन् ।

Page Views: 22
संबन्धित शिर्षकहरु
शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ बुधबार
ताजा अपडेट
  • चट्याङ लागेर एक युवकको मृत्यु
  • काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
  • आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
  • अक्षय तृतीया सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै
  • रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न
  • केहि भागमा आंशिक बादलसहित पानी पर्ने
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama