Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, जेठ २८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

एएफसी यू-२३ एसियन कप छनोट: ताजिकिस्तानसँग नेपालको फराकिलो हार

- shuvadmin / बिहिबार, भदौ १९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, एएफसी यू-२३ एसियन कप छनोटका लागि ताजजिकिस्तान पुगेको नेपाल घरेलु टोलीसँग ४-० को फराकिलो हार भोग्न बाध्य भएको छ।

घरेलु टोलीले पूर्ण रुपमा दबाबमा राख्दै पहिलो हाफमा १-० को अग्रता बनाएपनि दोस्रो हाफमा ३ गोल थपेको थियो।

रिपब्लिकन सेन्ट्रल स्टेडियममा बुधबार राति भएको छनोटको पहिलो खेलनै नेपाललाई निकै कठिन बन्यो।

३ अंक बटुल्ने लक्ष्यसहित मैदान उत्रिएको नेपाल कुनैपनि समय खेलमा हावि हुन सकेन्।

नेपालले पहिलो र दोस्रो हाफमा अधिकांश समय संघर्ष गर्नु परेको थियो।

पाएको मौकालाई सदुपयोग गर्दै घरेलु टोलीका लागि अजिजबोइभ मुहम्मदलीले दुई तथा रहमतसोच रहमातजोदा र डलीर शरिपोभले समान एक/एक गोल गर्दै घरेलु टोलीलाई महत्वपूर्ण ३ अङ्क दिलाए।

योसँगै समूह ‘के’ मा रहेको ताजकिस्तानले छनोट हुने सम्भावना बलियो बनाएको छ। नेपाललाई भने यो छनोट यात्रा कठिन देखिउको छ।

खेलमा ३९औं मिनेटमा ताजकिस्तानले नेपालको कमजोर डिफेन्सको फाइदा उठाउँदै पहिलो गोल गर्योश्र अमादोनीले कप्तान सुमित श्रेष्ठलाई बिट गर्दै सिक्स यार्ड बक्सनजिकबाट अजिबोइभ लाई कट पास दिएका थिए।

जसलाइ उनले सहज गोलमा परिणत गरे। पहिलो हाफमा एक मात्रै गोल बेहोरेपनि दोस्रो हाफमा भने ताजकिस्तानले पूर्ण रुपमा खेल नियन्त्रणमा लिँदै दोस्रो हाफको केही मिनेटमै अग्रता दोब्बर बनाए।

त्यसपछि खेलको अन्तिम समयमा नेपालले दुई गोल खायो। निर्धारित समय सकिन केही सेकेन्ड मात्रै बाँकी रहँदा रहमतशोले तेस्रो गोल थपे।

इन्जुरी समयमा उसले चौंथो गोल गर्यो। यो पटक डलीरले टिमका लागि चौंथो गोल गरेका थिए।

बुधबार नै यही समूहअन्तर्गत सम्पन्न आफ्नो पहिलो खेलमा सिरियाले फिलिपिन्सलाई २-१ ले पाखा लगाएको थियो।

ताजकिस्तानले भने फिलिपन्ससँग खेल्ने छ। अब नेपाललाई छनोटको यात्रा जीवित राख्न अन्य टिमसँग फराकिलो जितको प्रतीक्षा गर्नु पर्नेछ।

Page Views: 57
संबन्धित शिर्षकहरु
फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
विमानस्थलबाट अध्यक्ष नेम्वाङ र महासचिव राईलाई फर्काइयाे
रुपन्देहीको क्रिकेट संघमा हरिबहादुर थापा
ताजा अपडेट
  • काठमाडौँमा चिनियाँ सिनेमाको धमाका
  • देशका विभिन्न राजमार्गहरू अवरुद्ध
  • फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
  • म्याग्दीमा ८ थान भरुवा बन्दुक बरामद
  • प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्छ : हर्कराज राई
  • पुराना तथा जफत सवारी साधनहरू लिलाम बिक्री गरिने
  • बहराइनकाे अमेरिकी ‘फिफ्थ फ्लिट’मा इरानद्वारा ड्रोन आक्रमण
  • पदाधिकारी हटाउने निर्णयविरुद्धकाे रिटकाे सुनुवाइ हुँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama