Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपीको ११२औँ जन्मजयन्ती मनाइँदै

- shuvadmin / मङ्गलबार, भदौ २४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा साहित्यकार विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ११२औँ जन्मजयन्ती आज मनाइँदैछ।

नेपालको राजनीति र साहित्यमा उनको महत्त्वपूर्ण योगदानको स्मरणमा देशभर विभिन्न कार्यक्रम आयोजना गरिँदैछ।

बीपी कोइरालाको जन्म वि.सं. १९७१ भदौ २४ गते भएको थियो। राणा शासनको विरोध गरेपछि उनको परिवार भारत निर्वासनमा गएको थियो।

भारतमा रहँदा उनले भारतीय स्वतन्त्रता आन्दोलनमा भाग लिए।

उनले नेपालमा प्रजातन्त्र स्थापनाका लागि वि.सं. २००३ मा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे।

पछि नेपाल प्रजातन्त्र कांग्रेससँगको एकीकरणपछि बनेको नेपाली कांग्रेसले वि.सं. २००७ को क्रान्ति सफल बनायो, जसले राणा शासनको अन्त्य गर्‍यो।

क्रान्तिपछि बनेको राणा(कांग्रेस सरकारमा बीपी गृहमन्त्री बने। वि.सं. २०१५ को पहिलो आम निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि उनी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बने।

उनको कार्यकालमा बिर्ता उन्मूलन गरी “जग्गा जोत्नेको हुनुपर्छ” भन्ने भूमिसुधार कार्यक्रम लागू गरियो।

वि.सं. २०१७ पुस १ गते राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्थ गरेपछि बीपीसहितका नेताहरूलाई सिंहदरबार र पछि सुन्दरीजल बन्दीगृहमा राखियो। स्वास्थ्य समस्याका कारण वि.सं. २०२५ मा रिहा भएपछि उनले ८ वर्ष भारतमा निर्वासनमा बिताए।

निर्वासनको समयमा राष्ट्रियता कमजोर हुँदै गएको महसुस गरेर उनले वि.सं. २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किए।

यो नीति आज पनि नेपाली राजनीतिमा सान्दर्भिक मानिन्छ।

बीपी कोइराला नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक पनि थिए। उनका डेढ दर्जनभन्दा बढी कृति प्रकाशित छन्।

उनका मुख्य उपन्यासहरूमा ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’, र ‘बाबु, आमा र छोरा’ पर्छन्।

उनका अन्य महत्त्वपूर्ण कृतिहरूमा दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’ छन्।

यसबाहेक, उनको आत्मकथा ‘आत्मवृत्तान्त’ र जेल जीवनको अनुभव समेटिएको ‘जेल जर्नल’ तथा ‘फेरि सुन्दरीजल’ ले त्यस समयको नेपालको राजनीतिक अवस्थाको यथार्थ चित्रण गर्छन्।

क्यान्सर रोगका कारण वि।सं। २०३९ साउन ६ गते उनको निधन भयो।

बीपी र अन्य नेताहरूलाई बन्दी बनाइएको सुन्दरीजल बन्दीगृहलाई वि.सं. २०६१ भदौ २४ गते बीपी सङ्ग्रहालयको रूपमा उद्घाटन गरिएको थियो।

यहाँ बीपीको जीवनसँग सम्बन्धित सामग्रीहरूका साथै वि.सं. २००७ को क्रान्तिमा प्रयोग गरिएको ट्याङ्कर र वि.सं. २०३० मा क्रान्तिका लागि खर्च जुटाउन अपहरण गरिएको नेपाल वायुसेवा निगमको विमान पनि राखिएको छ।

वि.सं. २०७२ को भूकम्पले सङ्ग्रहालयमा क्षति पुर्याएपछि पुरातत्व विभागले यसको पुनर्निर्माण गरिरहेको छ।

Page Views: 88
संबन्धित शिर्षकहरु
लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
ताजा अपडेट
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
  • विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
  • पशुपति क्षेत्रमा सरसफाइ गरियाे
  • देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama