Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन २३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

एसिया कपमा बंगलादेशले अफगानिस्तानलाई हरायो, अन्तिम खेल निर्णायक हुने

- shuvadmin / बुधबार, असोज ०१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, यूएईमा जारी एसिया कप क्रिकेटमा बंगलादेशले लगातार दोस्रो जीत निकालेको छ । मंगलबार राति सम्पन्न खेलमा बंगलादेशले अफगानिस्तानलाई ८ रनले हरायो ।

बंगलादेशले दिएको १५५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरमा १४६ रनमा अलआउट भयो ।

रहमनुल्लाह गुरबाजले सर्वाधिक ३५ रन बनाए भने अजमतुल्लाह ओमरजाइले ३० रन बनाए । कप्तान राशिद खानले २० रन बनाए ।

बंगलादेशका लागि मुस्तफिजुर रहमानले ४ ओभरमा २८ रन दिएर ३ विकेट लिए । नसुम अहमद, तास्किन अहमद र रिशाद होसेनले २/२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ५ विकेट गुमाएर १५४ रन बनाएको थियो ।

तान्जिद हसनले ५२ रनको अर्धशतकीय पारी खेले । सेफ हसनले ३० तथा तोहिन रिदोएले २६ रन बनाए ।

अफगानिस्तानका कप्तान राशिद र नुर अहमदले २/२ विकेट लिए । ओमरजाइले १ विकेट लिए ।

जितसँगै ३ खेलमा ४ अंक जोडेको बंगलादेश समूह ए मा दोस्रो स्थानमा उक्लिएको छ । अफगानिस्तानको २ खेलमा २ अंक छ ।

यो नतिजासँगै समूह ए को समीकरण रोमाञ्चक बनेको छ । यस समुहबाट हङकङ बाहिरिँदा बाँकी ३ वटै टिमको सुपर फोर सम्भावना बाँकी छ ।

अब श्रीलंका र अफगानिस्तानबीचको अन्तिम खेल निर्णायक हुनेछ । श्रीलंका विजयी भएमा श्रीलंका र बंगलादेश सुपर फोरमा पुग्नेछन् ।

अफगानिस्तान विजयी भएमा अफगानिस्तान छनोट हुनेछ र श्रीलंका र बंगलादेशबीच नेट रनरेटमा अगाडि हुने टोली अघि बढ्नेछ ।

Page Views: 90
संबन्धित शिर्षकहरु
आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने
आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
नेपालले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै
ताजा अपडेट
  • शासकीय अराजकता बढेको कांग्रेस सभापति थापाको आरोप, कांग्रेसलाई सक्रिय भूमिका खेल्न आग्रह
  • भदौदेखि पुनः आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा, शिक्षा ऐनदेखि सेवा–सुविधासम्मका माग अघि
  • प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा विपक्षीको निरन्तर विरोध
  • प्रधानमन्त्री कार्यालयद्वारा चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक, तीन महिनामा ३८४ मन्त्रिपरिषद् निर्णय
  • मल अभावले सर्लाहीका किसान संकटमा, लाइन बस्दा पनि रित्तै फर्किन बाध्य
  • बक्स अफिसमा ‘गौंथली’को दबदबा, सर्वाधिक कमाउने सातौं नेपाली फिल्मको कीर्तिमान
  • राष्ट्रियसभाको बैठक स्थगित, साउन २७ गते बस्ने
  • बिल लिने बानी बसाल्न सरकारको नयाँ योजना, ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ शुरु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama