काठमाण्डू, विश्व विजेता वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्न आज नेपाली क्रिकेटको राष्ट्रिय टोलीले संयुक्त अरब इमिरेट्स (यूएई) जाँदैछ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) काअनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रवेशाज्ञा (भिषा) पाएसँगै सोमबार यूएई प्रस्थान गर्न लागेको हो ।
टोलीले यही असोज ११ देखि १४ गतेसम्म युनिटी कल टी–२० इन्टरनेशनल प्रतियोगितामा सहभागिता जनाउनेछ ।
नेपालले त्यहाँ वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्ने जनाइएको छ । शुक्रबार नै यूएई जाने तयारीमा रहेको नेपाली टोलीले प्रवेशाज्ञा नपाउँदा रोकिएको हो ।
आइतबार भिषा पाएसँगै नेपाली टोली आज यूएई जाने भएको हो । यूएईले नेपालीलाई भिषा रोकेसँगै त्यसको मारका क्रिकेट खेलाडी समेत परेका थिए ।