Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

साफ यू–१७ च्याम्पियनसिप सेमीफाइनलमा नेपालको भिडन्त भारतसँग

- shuvadmin / बुधबार, असोज ०८, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप २०२५ अन्तर्गत नेपालले फाइनल प्रवेशका लागि सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

हालसम्म प्रतियोगिताको कीर्तिमानी ६ पटकको विजेता भारत समूह ‘बी’ को शीर्ष स्थानमा रहँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

सोमबार भएको समूह ‘बी’ को अन्तिम खेलमा भारतले पाकिस्तानलाई ३–२ गोलअन्तरले हराउँदै समूह विजेता बन्न सफल भयो ।

यो जितसँगै भारतले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता नेपालसँग खेल्ने पक्का भएको हो ।

नेपाल र भारतबीचको सेमिफाइनल खेल बिहीबार साँझ ७ः१५ बजे कोलम्बो स्पोट्र्स कम्प्लेक्समा हुनेछ ।

भारतले समूह चरणका सबै तीन खेलमा जीत निकाल्दै अपराजित यात्रा तय गरेको छ ।

भारतले पहिलो खेलमा माल्दिभ्सलाई ६–० ले पराजित गरेपछि दोस्रो खेलमा भुटानविरुद्ध १–० को कठिन जीत हासिल गरेको थियो ।

पाकिस्तान ६ अंकसहित उपविजेताका रूपमा अन्तिम चारमा पुगेको हो । नेपालले समूह ‘ए’ को उपविजेता बन्दै अन्तिम चारमा स्थान बनाएको हो ।

पहिलो खेलमा नेपालले आयोजक श्रीलंकामाथि २–० को सहज जीत निकालेको थियो । तर, दोस्रो खेलमा बंगलादेशसँग ४–० को पराजय बेहोर्नुपरेको थियो ।

सेमिफाइनलअन्तर्गत बिहीबार दिउँसो ३ः१५ बजे पहिलो खेलमा समूह ‘ए’ को विजेता बंगलादेशले समूह ‘बी’ को उपविजेता पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यसपछि हुने दोस्रो सेमिफाइनलमा नेपाल र भारत भिड्ने छन्, जहाँ दुवै टोलीको लक्ष्य फाइनलमा स्थान सुरक्षित गर्नु हुनेछ ।

Page Views: 40
संबन्धित शिर्षकहरु
अमेरिकाविरुद्धकाे खेलमा नेपालकाे जित
नेपाल र स्कटल्याण्ड भिड्दै
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल
ताजा अपडेट
  • विद्यालयलाई पानी ट्यांकी र मोटर सहयाेग
  • बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दे
  • किसानलाई दैनिक एक करोड भुक्तानी दिँदै डीडीसी
  • नागरिक उड्डयनमा मुकेश डंगोल नियुक्त
  • स्वास्थ्यमन्त्री मेहता र ठूलो भ्याक्सिन दाताबीच भेटवार्ता
  • गायक मोतिराज र गायिका यशोदा कार्कीको “बैगुनी मायालु” चर्चामा
  • ट्राफिक कारबाहीबाट पाैने ५ लाख बढी राजस्व सङ्कलन
  • कुक फलफूल तथा तरकारीकाे थाेक मूल्य कति ?

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama