Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, मङि्सर १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बंगलादेशलाई ४१ रनले हराउँदै भारत एसिया कपको फाइनलमा

- shuvadmin / बिहिबार, असोज ०९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, बंगलादेशलाई हराउँदै भारत एसिया कपको फाइनलमा पुगेको छ।

बुधबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको सुपर फोरको खेलमा भारतले बंगलादेशलाई ४१ रनले हराएको हो।

१६९ रनको लक्ष्य पछ्याउँदै बंगलादेश १९.३ ओभरमा १२७ रनमा अलआउट भयो।

बंगलादेशका लागि सैफ हसनले ६९ रन बनाए। भारतका लागि कुलदीप यादवले चार ओभरमा तीन विकेट लिए।

यसअघि टस जित्दै बंगलादेशले भारतलाई पहिले ब्याटिङका लागि आमन्त्रण गरेको थियो। भारतका लागि अभिषेक शर्माले ३७ बलमा ७५ रन बनाए।

साथै विकेटको निरन्तर पतनको बीचमा हार्दिक पाण्ड्याले २९ बलमा ३८ रन बनाएर भारतको इनिङ २० ओभरमा आठ विकेटमा १६८ सम्म पुर्‍याए।

बंगलादेशका लागि ऋषद हुसेनले तीन ओभरमा दुई विकेट लिए, २७ रन दिए। भारतले आफ्नो पहिलो सुपर फोर खेलमा पाकिस्तानलाई ६ विकेटले हराएको थियो।

सेप्टेम्बर २६, शुक्रबार सुपर फोरमा भारत श्रीलंकाविरुद्ध खेल्नेछ। एसिया कपको फाइनल खेल सेप्टेम्बर २८ मा हुनेछ।

Page Views: 129
संबन्धित शिर्षकहरु
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकाे खेलस्थल तालिका सार्वजनिक
दोस्रो क्वालिफायरमा चितवन र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुँदै
चितवन राइनोजद्वारा काठमाडौंसामु २०५ रनको लक्ष्य प्रस्तुत
ताजा अपडेट
  • विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
  • पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
  • निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने
  • यूएईका काभ्रेलीद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  • रेलबाट आएका यात्रुको स्वागत
  • हिजो भारतको अयोध्याबाट गुडेको रेल आज जनकपुरधाम आइपुग्दै
  • भारतमा ५‍.३ म्याग्निच्युडको भूकम्प, नेपालको केही जिल्लामा पनि महसुस
  • ताप्लेजुङमा भूकम्पकाे धक्का

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama