काठमाण्डू, साफ यू–१७ च्याम्पियनसिपमा आज सेमिफाइनल खेल हुँदैछ ।
श्रीलंकामामा जारी च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले साविक विजेता भारतसँग भिड्दै छ ।
नेपाल र भारतबिचको खेल कोलोम्बो रेसकोर्समा नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ ।
त्यसअघि बंगलादेश र पाकिस्तानबिच दिउँसो ३ः४५ बजे पहिलो सेमिफाइनल हुनेछ ।
नेपाल समूह ए को उपविजेता तथा भारत समूह बी को विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको हो ।
नेपालले पहिलो खेलमा श्रीलंकालाई २–० ले पराजित थियो भने दोस्रो खेलमा बंगलादेशसँग ४–० ले पराजित भएको थियो ।