काठमाण्डू, श्रीलंकामा जारी पुरुषतर्फको साफ यु १७ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ ।
नेपाली टोली बिहीबार कोलम्बो रेसकोर्स कम्प्लेक्समा भएको दोस्रो सेमिफाइनल खेलमा भारतसँग ३–० ले पराजित भएको हो ।
योसँगैं नेपालको फाइनल पुग्ने सपना पूरा हुन सकेन । नेपालले पहिलो हाफमा भारतलाई गोलरहित बराबरीमा रोकेको थियो ।
तर, दोस्रो हाफ शुरु भएपछि भारतको प्रदर्शन बढी आक्रमक भएको थियो । सोही क्रममा नेपालले तीन गोल बेहोर्नु परेको थियो ।
यो नतिजापछि पछिल्ला दुई संस्करणका दुबै फाइनलिस्ट भारत र बंगलादेशले फेरि एकपटक उपाधिको लागि खेल्ने भएको छ ।
यसअघिको दुबै संस्करणमा भारतले उपाधि जितेको थियो भने बंगलादेश दुबै संस्करणमा सहजै पराजित भएर उपाधिबाट विमुख भएको थियो ।
त्यसो त बंगलादेशको यो लगातार पाँचौं फाइनल पनि हो । पहिलो दुई संस्करणमा बंगलादेशले नै उपाधि उचालेको थियो ।
यसअघि पाकिस्तानलाई २–० ले हराउँदै बंगलादेश फाइनलमा प्रवेश गरेको थियो ।
भारतको भने यो तल्लो उमेर समूहमा चौथो फाइनल खेल हुनेछ । शनिबार फाइनल खेल हुनेछ ।