Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, साउन १२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

विरुद्ध नेपालको लगातार कीर्तिमानी प्रदर्शन, अन्तिम खेल अगावै जित्यो सिरिज

- shuvadmin / मङ्गलबार, असोज १४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, युएइमा जारी नेपाल र वेस्ट इन्डिजबीचको तीन खेलको युनिटी कप टी-२० सिरिज नेपालले अन्तिम खेल बाँकी रहँदै जितेको छ।

सोमबार भएको आफ्नो दोस्रो खेलमा वेस्टइन्डिजमाथि ९० रनको फराकिलो जीत निकाल्दै नेपालले एतिहासिक रुपमा पहिलो पटक टेस्ट टोली विरुद्ध सिरिज २-० ले जितेर नयाँ इतिहास बनाएको हो।

अब नेपाल र वेस्टइन्डिज विचको अन्तिम खेलमा भोली प्रतिस्पर्धा हुने छ।

यसअघि वेस्टइन्डिज नेपालसँग पराजित हुने पहिलो टेस्ट टोली बनेको थियो। सारजाहमा सोमबार पनि नेपाल सबै कुरामा उत्कृष्ट देखियो।

ब्याटिङ बलिङ र फिल्डीङमा नेपाली खेलाडीको अविश्वसनिय प्रदर्शनले वेस्टइन्डिज फराकिलो हार भोग्न बाध्य भयो।

दोस्रो खेलमा वेस्टइन्डिज पुरै ओभर समेत खेल्न असफल भयो। वेस्ट इन्डिज केवल १७.१ ओभरमा ८३ रनको अवस्थामा अलआउट हुन बाध्य भयो।

नेपालको जितमा राष्ट्रिय टिममा पुनरागमन गरेका मोहम्मद आदिल आलमले आफ्नो पुनरागमनलाई सुखद बनाउँदै महत्वपूर्ण ४ विकेट लिए।

त्यस्तै कुशल भुर्तेलले ३ विकेट लिंदा दिपेन्द्र सिंह ऐरी, करण केसी र ललित राजवंशीले समान १(१ विकेट लिएका थिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १ सय ७३ रनको उत्कृष्ट इनिङ खेलेको थियो।

नेपालले उच्च लक्ष्य प्रस्तुत गर्ने क्रममा आसिफ शेख र सन्दीप जोराले अर्धशतकीय इनिङ खेले शेखले ४७ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६८ रन बनाउँदा सन्दीप जोराले ३९ बलमा ३ चौका र ५ छक्काको सहयोगमा ६३ रन बनाए।

त्यस्तै मोहम्मद आलमले ११ रन बनाएका थिए। वेस्टइन्डिजका लागि अकिल होसेन र क्याली मेयर्सले २-२ विकेट लिंदा जेडिसा ब्लाडेसले १ विकेट लिए।

Page Views: 61
संबन्धित शिर्षकहरु
आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने
आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
नेपालले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै
ताजा अपडेट
  • आज देशभरका अस्पतालहरूमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द
  • सुनसरी घटनाकाे कारण विराटनगरका अधिकांश शैक्षिक सस्था बन्द
  • ट्रक दुर्घटनापछि आगलागी, चालकको जलेर मृत्यु
  • तीन प्रदेशकाे केही स्थानमा भारी वर्षाको सम्भावना
  • सुरुङमार्गमा गाडी चलाउने नेपालीको सपना पूरा
  • नेपालको पहिलो नागढुङ्गा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
  • साउनको दोस्रो सोमबार शिवालयहरुमा दर्शनार्थीको घुइँचाे
  • आज धनगढीमा डाक्टर केसीसँग निर्णायक वार्ता हुँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama