Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, बैशाख ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आईसीसी टी-२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नेपालको विजयी शुरुवात

- shuvadmin / बिहिबार, असोज २३, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, आईसीसी टी-२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक (इएपी) छनोट खेलमा नेपालले विजयी शुरुवात गरेको छ।

बुधबार भएको खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा १ सय ४१ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

जवाफमा कुवेत १८.१ ओभरमा ८३ रनमा अलआउट भयो। उसका लागि ओपनर क्लिन्टोन एन्टोले २६ रन बनाउनु सर्वाधिक रह्यो।

उनी बाहेक यसिन पटेलले १९ र मिट भावसरले ११ रन बनाए। अन्य खेलाडीले भने दोहोरो स्कोरमा रन बनाउन सकेनन्।

नेपालका लागि रोहित पौडेल, सन्दीप लामिछाने र ललित राजवंशीले २/२ विकेट लिंदा सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले १/१ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रनको अर्धशतकीय इनिङ खेले।

उनले ५६ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दा कप्तान रोहित पौडेलले १६ रन बनाए। त्यस्तै दिपेन्द्र सिंह ऐरी र गुल्सन झाले २०/२० रन बनाए।

ओमान क्रिकेट एकेडेमी १ मा भएको खेलमा नेपाल विरुद्ध कुवेतका नभिनरजा राजेन्द्रन र अनुदिप चेनथामरनले समान २/२ विकेट लिंदा मोहम्मद अकिफ र मोहम्मद अस्लामले १/१ विकेट लिएका थिए।

Page Views: 41
संबन्धित शिर्षकहरु
नेपालले सेमिफाइनलमा बंगलादेशसँग खेल्दै
नेपाल महिला टी-२० विश्‍वकप छनोटमा समूह चरणबाटै बाहिरियो
स्कटल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने नेपालको निर्णय, एक खेलाडी परिवर्तन
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama