Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, असोज १९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

फिलिपिन्समा ७.६ म्याग्निच्यूडको भूकम्प, सुनामीको चेतावनी

- shuvadmin / शुक्रबार, असोज २४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, फिलिपिन्समा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अलजजिराका अनुसार आज बिहान फिलिपिन्सको दक्षिणी क्षेत्रको समुन्द्रमा भूकम्प गएको हो।

फिलिपिन्सको ज्वालामुखी विज्ञान तथा भूकम्प विज्ञान संस्थाले सुनामी चेतावनी जारी गर्दै तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई उच्च स्थानतिर र भित्री क्षेत्रमा सराउने सुझाव दिएको छ।

भूकम्प मिन्दानाओ क्षेत्रको डावाओ ओरिएन्टल प्रान्तको मनाय टाउन नजिकैको समुद्री क्षेत्रमा १० किलोमिटर (६ माइल) गहिराइमा गएको थियो।

स्थानीय सुनामी परिदृश्य डेटाबेसअनुसार, सामान्य ज्वारभन्दा एक मिटरभन्दा बढीको तरंग उचाइ आउन सक्ने अनुमान गरिएको छ।

विशेषगरी बन्द बन्दरगाह र खाडिहरूमा तरंग अझै उच्च हुन सक्ने चेतावनी दिइएको छ।

हालसम्म भूकम्पबाट मृत्यु वा घाइतेको कुनै विवरण प्राप्त भएको छैन।

Page Views: 105
संबन्धित शिर्षकहरु
साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
स्पेनले जित्याे विश्वकप २०२६ को उपाधि
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
ताजा अपडेट
  • आज हल्का वर्षा र हिमपातकाे सम्भावना
  • चाडपर्वलाई लक्षित गरि सहुलियत दरमा चामल बिक्री
  • कांग्रेसको १५औँ महाधिवेशनकाे दाेश्राे दिन बन्दसत्र हुँदै
  • चिनियाँ राजदूत मुस्ताङकाे कोरला नाका पुगे
  • काठमाडौंमा झण्डै ३० हजार सिलिन्डर वितरण
  • अध्यक्षमा पुनः डा.सीके राउत निर्वाचित
  • बस र ट्रक ठोक्किँदा बस चालककाे मृत्यु
  • नेपालबाट मनसुन बाहिरिने तयारीमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama