Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

भियतनामसँग पराजित भएसँगै एसियन कप छनोटबाट बाहिरियो नेपाल

- shuvadmin / बुधबार, असोज २९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, एएफसी एसियन कप छनोटको दोस्रो लेगमा पनि नेपाल भियतनामसँग १-० गोल अन्तरले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ।

घरेलु मैदानमा हुनुपर्ने यो खेल नेपालले भियतनामकै मैदानमा प्रतिस्पर्धा गरेको थियो। एसियन कप छनोटमा नेपाल लगातर चौथो हारसँगै छनोट सम्भावनाको औपचारिक अन्त्य भएको छ।

नेपाल खेलको पाँचौं मिनेटमा नै खेलमा पछि पर्‍यो। नेपालका डिफेन्डर सुमन श्रेष्ठले आत्मघाती गोलमा भियतनामले अग्रता लियो।

जुन गोल नै निर्णायक बन्यो। ट्रोङ् टाएनलेको कर्नरमा नुयन हिउले हानेको बल सुमनको खुट्टामा डिफ्लेक्ट भएर आफ्नै पोस्टमा गोलमा परिणत हुन पुगेको थियो।

नेपालविरुद्ध घरेलु टोली भियतनामले दोस्रो हाफमा पनि दबाब बनायो। तर, पाएको मौकालाई सदुपयोग गर्न नसक्दा अग्रता दोब्बर बनाउन सकेन।

नेपालले पनि ८५ औँ मिनेटमा गोल गर्ने मौका गुमाउँदा सम्भावित बराबरीको मौका चुकायो। जितसँगै भियतनामले महत्वपूर्ण ३ अंक जोड्न सफल रहयो।

आजको खेल भारी वर्षाको कारण आधा घन्टा ढिला शुरू भएको थियो। आज नेपालका रोहित चन्दले १ सयौँ अन्तर्राष्ट्रिय खेल खेले।

नेपाल पहिलो लेगमा ३(१ ले हारेको थियो। नेपाल भियतनामसँग चौथो भेटमा चौथो पटक नै पराजित भएको हो।

यसअघि नेपाल पहिलो खेलमा लाओससँग २-१ ले र मलेसियासँग २-० ले हारेको थियो।

ग्रुप ‘एफ’ मा शीर्षस्थानमा रहेको मलेसियासँग १२ अंक रहेको छ। भियतनाम ९ अंकसहित दोस्रो स्थानमा रहँदा लाओसको ३ अंक रहेको छ।

नेपाल भने अंकविहीन रहेको छ।

Page Views: 74
संबन्धित शिर्षकहरु
आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने
आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
नेपालले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama