Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन २३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जीत

- shuvadmin / बिहिबार, असोज ३०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, अर्को वर्ष हुने आईसीसी टी-२० विश्वकपमा छनोट भइसकेको नेपालले घरेलु टोली ओमानविरुद्ध शानदार जीत निकालेको छ।

आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्समा नेपालसँग पराजित भएपछि ओमानको अपराजित यात्रामा पूर्णविराम लागेको छ।

बुधबार भएको खेलमा नेपालले ओमानलाई ३८ रनले हराएको हो। योसँगै नेपालले छनोटमा अपराजित यात्रालाई कायम राखेको छ।

जीतसँगै ४ खेलबाट नेपाल ८ अंक बटुलेको नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ।

समान खेलबाट ६ अंक भएको ओमान दोस्रो स्थानमा झरेको छ। ४ खेलबाट ४ अंक भएको यूएई तेस्रो छ।

नेपालले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १३ रन मात्र बनाउन सक्यो।

ओमानलाई रोक्न नेपालका लागि गुल्सन झाले तीन विकेट लिए। सोमपाल कामी र नन्दन यादवले समान २ विकेट झारे।

सन्दीप लामिछानेको नाममा एक विकेट रह्यो। ओमानका लागि विनायक शुक्लाले ३२ र मोहम्मद नदिमले २५ रन बनाए।

कप्तान जितेन्द्र सिंहले १४ रन बनाए। आर्यन विष्टले ११ रन थपे।

त्यसअघि ओमानको अल एमिरेट क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५१ रनको योगफल तयार पारेको थियो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६९ रनको योगदान दिए। उनले ५१ बलमा ७ चौका र १ छक्का प्रहार गर्दा जितेन रामानन्दीको बलमा एलबीडब्लु धरापमा परे।

पहिलो विकेटका लागि कुशल र आशिफ शेखले ७.३ ओभरमा ६१ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए।

अर्का ओपनर आशिफ शेख २० बलमा २ चौका र १ छक्का सहयोगमा २४ रन बनाउँदा नदिम खानको बलमा बोल्ड आउट भए।

गुल्सन झा १० बलमा २ छक्का सहयोगमा १८ रन बनाउँदा क्याच आउट हुन पुगे।

१५ बलमा ३ चौका सहयोगमा १६ रन बनाएका मोहम्मद आदिल आलम सुफयान मेहमुदको बलमा क्याच आउट हुन पुगे।

कुशल मल्ल ७ रन बनाउँदा नदिम कै बलमा क्याच आउट हुन पुगे। कप्तान रोहित पौडेल १ बलमा नदिम खान कै बलमा बोल्ड आउट भए। नन्दन यादव ९ रन बनाउँदा रन आउट हुन पुगे।

अलराउण्डर दिपेन्द्र सिंह ऐरि २ रन बनाउँदा नदिम खानको बलमा एलबीडब्लू धरापमा परे। लोकेश बम शून्य रनमा नै पेभेलियन फर्के। सोमपाल कामी १ रनमा अविजित रहे।

ओमानका लागि नदिम खानले सर्वाधिक ४ विकेट लिए। उनले आफ्नो स्पेलमा २० रन दिदा ४ विकेट झारे। सुफयान मेहमुद र जितेन रमानन्दीले समान २ विकेट झारे।

यसअघि आज नै भएको सुपर सिक्सको खेलमा कतारले जापानलाई ३ विकेटले तथा यूएईले सामोयालाई ७७ रनले हराएपछि नेपाल र ओमान दुई खेलअघि नै विश्वकपका लागि छनोट भइसकेका छन्।

Page Views: 76
संबन्धित शिर्षकहरु
आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने
आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
नेपालले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै
ताजा अपडेट
  • शासकीय अराजकता बढेको कांग्रेस सभापति थापाको आरोप, कांग्रेसलाई सक्रिय भूमिका खेल्न आग्रह
  • भदौदेखि पुनः आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा, शिक्षा ऐनदेखि सेवा–सुविधासम्मका माग अघि
  • प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा विपक्षीको निरन्तर विरोध
  • प्रधानमन्त्री कार्यालयद्वारा चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक, तीन महिनामा ३८४ मन्त्रिपरिषद् निर्णय
  • मल अभावले सर्लाहीका किसान संकटमा, लाइन बस्दा पनि रित्तै फर्किन बाध्य
  • बक्स अफिसमा ‘गौंथली’को दबदबा, सर्वाधिक कमाउने सातौं नेपाली फिल्मको कीर्तिमान
  • राष्ट्रियसभाको बैठक स्थगित, साउन २७ गते बस्ने
  • बिल लिने बानी बसाल्न सरकारको नयाँ योजना, ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ शुरु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama