Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असार १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार

- shuvadmin / सोमबार, कार्तिक ११, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, चलचित्र ‘वरिष्ठ बलराम’मा अभिनेता दयाहाङ राई केही फरक अवतारमा देखिएका छन् । टाई, सुट र कोटमा ठाँटिएर हिँड्छन् । समाजमा उचो छवि छ ।

प्रहरी प्रशासनदेखि राजनीतिक र समाजले उनको मानमनितो गर्छ । छवि अनुसारको गेटअपमा उनी देखिएका छन् ।

प्रायः चलचित्रमा दयाहाङलाई गाउँले गरिब चरित्रमा देखिन्छ । तर, ‘वरिष्ठ बलराम’मा उनी आवरणमा बिलकुल भिन्न देखिएका छन् ।

उनको यो रुप पनि दर्शकले रुचाएका छन् । उनको अभिनयसँगै गेटअप पनि दर्शकले मन पराएका हुन् ।

सधैँ एउटै चरित्रमा देखिरहेका दयाहाङको गेटअप दर्शकलाई मन परेको हो ।

अभिनय कलाले सधैँ दर्शकको मन जितेका दयाहाङको हुनेखाने र शहरिया हुलिया पनि मन पराइएको हो ।

सम्भत अब दयाहाङलाई निर्माताहरूले यो गेटअप अर्थात् शहरिया रोलमा पनि काष्ट गर्न सुरु गर्नेछन् । टाइपकाष्टबाट बच्ने सम्भावना छ ।

कात्तिक ६ गतेबाट रिलिज भएको यो चलचित्र अहिले सकारात्मक वर्ड अफ माउथसहित चलिरहेको छ ।

दर्शकले रगतको सँगै भावनाको नाता पनि उत्तिकै बलियो हुने र स्थानीय स्रोतको दोहनको कथा मन परेको प्रतिक्रिया दिइरहेका छन् ।

चलचित्र ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् ।

वृषभ सिद्धी इन्टरटेनमेन्ट को प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको यो चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीपकुमार चौधरी ९पीके०लगायत कलाकारहरूको अभिनय छ ।

चलचित्रको कथा र सम्पादन निर्देशक पौडेलकै रहेको छ भने पटकथा महेश दवाडी ले लेखेका हुन् ।

निर्मातामा आशिष एच तामाङ र श्रीराज कार्की, कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुष्कर बी। घिमिरे छन् । लाइन प्रोड्युसर राम विष्ट हुन् ।

मनकृष्ण महर्जन को छायांकन, प्रशान्त सिवाकोटी को संगीत, सम्राट बस्नेत को एक्सन निर्देशन र प्रदीप लामो को नृत्य निर्देशन रहेको चलचित्रलाई उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गरेको छ ।

Page Views: 47
संबन्धित शिर्षकहरु
महानगरपालिकाकाे टोल टोलमा ‘फिल्म महोत्सव’
भोटो देखाउँदै रातो मत्स्येन्द्रनाथको रथयात्रा सम्पन्न
चिनियाँ फिल्ममा मार्सल आर्ट र एआईको उच्चतम प्रयोग
ताजा अपडेट
  • ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ५५० जना सवारीचालक कारबाहीमा
  • रास्वपाकाे सभापतिमा रवि लामिछाने निर्विरोध
  • उपत्यकालगायत विभिन्न जिल्लामा बर्डफ्लुको संक्रमण
  • सुनचाँदीको मूल्यमा गिरावट
  • अत्यधिक गर्मी बढेपछि विद्यालयमा चार दिन बिदा
  • समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गरिने
  • मनसुनी प्रणाली पूर्वबाट मध्य भागमा विस्तार
  • ट्राफिक प्रहरीले २४ घण्टामा २३ लाख राजस्व उठायाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama