Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

उपत्यका ट्राफिक कन्ट्रोल रूम पुनर्निर्माणमा सहयोग पुर्‍याएबापत सञ्चारकर्मी सम्मानित

- shuvadmin / बुधबार, कार्तिक १३, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, जेन्जी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको काठमाडौं उपत्यका ट्राफिक कन्ट्रोल रूम गैरआवासीय नेपाली संघ (एनआरएनए)को करिब ७५ लाख रुपैयाँ लागतमा पुनर्निर्माण सम्पन्न भएको छ।

उक्त पुनर्निर्माणमा सञ्चार माध्यमको तर्फबाट उल्लेखनीय सहयोग र सक्रियता देखाएबापत जनसवाल राष्ट्रिय दैनिकका सम्पादक तथा अध्यक्ष रामजी बगालेलाई एआईजी दानबहादुर कार्की र एनआरएनए अध्यक्ष महेशकुमार श्रेष्ठले संयुक्त रूपमा प्रमाणपत्रसहित विशेष सम्मान प्रदान गरेका छन्।

सम्मान ग्रहणपछि सञ्चारकर्मी बगालेले भने, “यो सम्मान मेरो पत्रकारिता यात्राको प्रेरणाको श्रोत बनेको छ। यसले मेरो मनोबल र जिम्मेवारी दुबै बढाएको छ।

आगामी दिनमा प्रवासी नेपालीका आवाजलाई अझ सशक्त रूपमा उठाउँदै अघि बढ्नेछु।”

काठमाडौं ट्राफिक कन्ट्रोल रूमको पुनर्निर्माण कार्य एनआरएनएका उपाध्यक्ष तथा विपत् व्यवस्थापन समितिका संयोजक मनोज श्रेष्ठ, महिला संयोजक तथा सह–संयोजक रश्मि थापा र सम्पूर्ण टिमको सक्रिय नेतृत्वमा छोटो समयमा सम्पन्न भएको हो।

उक्त पुनर्निर्माण कार्यले प्रवासी नेपाली र मातृभूमिको सम्बन्धलाई अझ सशक्त बनाएको भन्दै उपस्थित सबैले एनआरएनएको यो कदमलाई सराहना गरेका थिए।

Page Views: 104
संबन्धित शिर्षकहरु
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
देशकाे अधिकांश स्थानमा वर्षा हुने
आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama