Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, भदौ २६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पर्यटन ब्यावसायी सापकोटाको घुमौं रुविभ्याली म्यूजिक भिडियो सार्वजनिक

- shuvadmin / मङ्गलबार, कार्तिक २६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, रुविभ्याली ट्रेकिङ्ग रुटको प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको म्यूजिक भिडियो घुमौं रुविभ्याली सार्वजनिक गरिएको छ ।

पर्वतीय क्षेत्रका मानिसलाई सहयोग गर्ने उद्देश्यले स्थापित हिमालयन कम्युनिटी प्रोजेक्ट (ट्रस्ट)ले यो गीत निर्माण गरेको हो ।

ट्रस्टको औपचारिक घोषणासँगै पहिलो प्रोजेक्टको रुपमा घुमौं रुविभ्याली म्यूजिक भिडियो निर्माण गरिएको ट्रस्टका अध्यक्ष रामप्रसाद सापकोटाले बताए ।

अध्यक्ष सापकोटाको रचना, परिकल्पना र निर्माणमा बनेको म्यूजिक भिडियोले रुविभ्यालीको सुन्दर दृष्यलाई कथानक शैलीमा प्रस्तुत गरेको छ ।

धादिङ्ग स्थाई घर भएका सापकोटा पर्यटन व्यवसायी हुन् । रुविभ्याली ट्रेक काठमाडौंबाट नजिकै रहेको धादिङ्ग जिल्लाको उत्तरी भूभाग समेट्ने पदमार्गको लागि लोकप्रिय छ ।

गणेश हिमालको शिरदेखि नरसिंहधामको पाऊसम्मका बहुआयामिक दृष्यहरुलाई समेटी म्यूजिक भिडियो मार्फत देखाउँदा यसले पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने निर्माता सापकोटाले बताए ।

म्यूजिक भिडियोको लोकार्पण गर्दै साहित्यकार नवराज लम्सालले यो गीतले सिंगो रुविभ्यालीको चित्रण गरेको बताए ।

आफू धादिङ्गवासी भएपनि यो गीत हेर्दा रुविभ्याली क्षेत्रको बारेमा अझै धेरै जानकारी प्राप्त भएको उनले बताए ।

वास्तविक धादिङ्ग त छायाँमा परेको रहेछ भन्दै उनले धादिङ्गको बहुआयामिक विशेषतालाई प्रचार–प्रसार गर्न सबैलाई आग्रह गरे ।

विवेक सापकोटाले निर्देशन गरेको म्यूजिक भिडियोलाई अल थ्री मिडिया घरले उत्पादन गरेको हो ।

सुधीर श्रेष्ठ र सगुन थापाले अभिनय गरेका यो म्यूजिक भिडियो ओएसआर डिजिटल युट्युव च्यालन मार्फत प्रसारण गरिएको छ ।

म्यूजिक भिडियोको सार्वजनिक गर्दै साहित्यकार नवराज लम्सालले यो गीतले सिंगो रुविभ्यालीको चित्रण गरेको बताए ।

आफू धादिङ्गवासी भएपनि यो गीत हेर्दा रुविभ्याली क्षेत्रको बारेमा अझै धेरै जानकारी प्राप्त भएको उनले बताए ।

वास्तविक धादिङ्ग त छायाँमा परेको रहेछ भन्दै उनले धादिङ्गको बहुआयामिक विशेषतालाई प्रचार–प्रसार गर्न सबैलाई आग्रह गरे ।

सञ्चारकर्मी ऋषि धमलाले धादिङ जिल्लामा रहेको रुविभ्यालीले विश्वभरका पर्यटकहरुलाई आकर्षित गर्ने बताए ।

https://youtu.be/i2J2ONQWolU?si=pTuL0nivxQ10um1Q

Page Views: 89
संबन्धित शिर्षकहरु
तीजको रंगमा पूजन काफ्लेको नयाँ सांगीतिक कोशेली, ‘तीजको लहर आउँदा बरिलै’ सार्वजनिक
बक्स अफिसमा ‘गौंथली’को दबदबा, सर्वाधिक कमाउने सातौं नेपाली फिल्मको कीर्तिमान
मिस नेपाल २०२६ को उपाधिका लागि महिमा पन्त प्रतिस्पर्धामा
ताजा अपडेट
  • नवनियुक्त मन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण
  • असोज ६ गते प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने
  • प्रधानमन्त्री राहत कोषमा साढे १२ अर्ब बढि रकम जम्मा
  • पर्वतारोहण सञ्चालक संघ नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा ३८ लाखभन्दा बढी सहयोग
  • नुवाकोटमा नेपाली सेनाद्वारा ‘एक्रो ब्रिज’ जडान
  • पहिराेले त्रिभुवन राजपथ अवरुद्ध
  • जुनसुकै कम्पनीकाे ग्यास सिलिण्डर साट्न सकिने व्यवस्था गर्न निर्देशन
  • प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ जम्मा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama