Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

प्रतीभाको खोजी र मौलिकताको सम्मान नारा लिएर रियालिटी शोे ‘गाउँछ गीत’ प्रसारण हुँदै

- shuvadmin / शनिबार, मङि्सर १४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, प्रतीभाको खोजी र मौलिकताको सम्मान नारा लिएर रियालिटी शोे गाउँछ गीत प्रसारण हुने भएको छ ।

नेपाली संगीतको विकास र विस्तारको लक्ष्यलाई आत्मसात गर्दै नवप्रतीभाहरुको खोज, पहिचान र सम्मानलाई प्रमुख आधार बनाएर रियलिटी शो आउन लागेको हो ।

शनिवार काठमाण्डूमा पत्रकार सम्मलेलन गरेर एच.एस. साइना क्रिएसनले रियलिटी शो गाउँछ गीतको औपचारिक रुपमा सार्वजनिक गरेको छ ।

प्रमुख अतिथि तथा रियलिटी शो का निर्णायक वरिष्ठ संगीतकर्मी दीपक जंगमले सांगितिक अभियान थाल्न सजिलो भएपनि निरन्तरता दिन कठिन भएको बताए ।

गीत संगीत र यायक सर्जकको सही जजमेण्टका लागि ग्रामीण क्षेत्रलाई ध्यान दिन आग्रह गर्दै संगमले निर्णयकको भूमिकामा रहनु कठिन काम भएपनि सही निर्णय गर्नबाट बिचलित नहुने बताए ।

बिषेश अतिथि पत्रकार ॠषि धमलाले गीत संगीतको संगम भएको बताएका थिए ।

पत्रकार धमलाले संगीत मानव जीवनको अभिन्न अंग भएकोले गाउँछ गीत नेपाली रियलिटी शो पनि संगीतमा भविश्य देख्ने नवप्रतीभाका लागि महत्वपूर्ण स्थल बन्ने बताए ।

रियलिटी शो आउने पुस्ताका लागि मार्गनिर्देशक बन्न सक्ने भन्दै पत्रकार धमलाले मौलिकतामा ध्यान दिन आयोजकलाई आग्रह गरे ।

अर्का निणैयक संगीता राना प्रधानले गीत संगीतले देशलाई सहि दिशामा अघि बढन सहयोग पुग्ने बताइन ।

गीत संगीत साधना भएकोले साधकले कहिल्यै पनि पछि फर्कन नपर्ने भन्दै प्रधानले विद्यालय तहबाट संगीतको पठनपाठन गर्न सरकारलाई आग्रह गरिन ।

कार्यक्रममा अर्का निर्णयक थानेश्वर गौतमले अरु भन्दा फरक केही दिन सकिन्छ की भनेर निर्णयकको भूमिकामा आएको बताए ।

गायक गौतमले यो रियलिटी शो बाट जन्मेको प्रतीभाले जीवन यापन गर्न सक्ने किसिमको बन्न सक्ने दावी गरे ।

अन्य रियलिटी शो भन्दा फरक शैली र रुपमा प्रसारण हुन लागेकोले बिभिन्न भाषा, संस्कृति र मौलिकता यो कार्यक्रममको बिषेशता भएको निर्णयक गौतमको भनाइ थियो ।

गीतकार युवराज अधिकारीले नेपाली गीत संगीतको आफ्नै मौलिकता भएकोले पीडा भुलाउन सक्ने बताए ।

गीत संगीतले सबैलाई समेटन सक्ने भन्दै गीतकार अधिकारीले गीतमा कसैको विचार र वाद नहुने जिकिर गरे ।

कार्यक्रमले संगीतको मौलिकता, विविधता र सांस्कृतिक पहिचानको संरक्षण गर्दै नयाँ पुस्तालाई संगीतमा आउन प्रेरण दिन सक्ने आयोजकले अपेक्षा गरेको छ ।

प्रतियोगितामा १६ बर्ष माथिका सबैले सहचागिता जनाउन पाउने छन् । प्रतियोगिताका बिजेताले नगद रु २५ लाख पाउने छन् ।

आज शनिवारबाट नै डिजिटल अडिशन शुरु भएको आयोजकको भनाइ छ । अडिशन सकिएपछि प्राइम टाईम्स टेलिजिनबाट प्रसारण हुने छ ।

Page Views: 136
संबन्धित शिर्षकहरु
तीजको रंगमा पूजन काफ्लेको नयाँ सांगीतिक कोशेली, ‘तीजको लहर आउँदा बरिलै’ सार्वजनिक
बक्स अफिसमा ‘गौंथली’को दबदबा, सर्वाधिक कमाउने सातौं नेपाली फिल्मको कीर्तिमान
मिस नेपाल २०२६ को उपाधिका लागि महिमा पन्त प्रतिस्पर्धामा
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama