Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, असोज २३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

लागूऔषध सामान्य कारण मात्र, मुख्य खेल तेलको ! अमेरिकाले भेनेजुएलामाथि आक्रमण गर्नु पछाडिको भित्री कारण यस्तो

- shuvadmin / आइतबार, पुष २०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज बिहान भेनेजुएलामाथि ठूलो सैन्य कारबाही गरेको घोषणा गर्दै राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरी अमेरिका लगिएको बताएका छन्।

ट्रम्पले यो कारबाहीलाई लागूऔषध तस्करीविरुद्धको अभियानु भनेका छन्, तर विज्ञहरू र भेनेजुएला सरकारका अनुसार यो केवल बहाना हो(असली उद्देश्य भेनेजुएलाको विशाल कच्चा तेल स्रोतमाथि नियन्त्रण कायम गर्नु हो।

अमेरिकी अधिकारीहरूले मादुरोमाथि कार्टेल अफ द सन्सु नामक लागूऔषध सञ्जालको नेतृत्व गरेको आरोप लगाउँदै आएका छन्।

सन् २०२० मा मादुरोमाथि अमेरिकामा मुद्दा चलाइएको थियो र ५० मिलियन डलर इनामसमेत घोषणा गरिएको थियो।

ट्रम्प प्रशासनले पछिल्ला महिनामा भेनेजुएलानजिकै दर्जनौं ड्रग स्मगलिङु जहाजहरूमा आक्रमण गरेको र तेल ट्याङ्करहरू कब्जा गरेको दाबी गरेको छ।

तर, यी सबै कारबाहीहरूको पछाडि तेलको खेल लुकेको विश्लेषकहरू बताउँछन्।

तेल नै मुख्य कारण स् तथ्यहरूले के भन्छन् ?

(भेनेजुएलासँग विश्वकै सबैभन्दा ठूलो प्रमाणित कच्चा तेल भण्डार छ।

(सन् २०१८ मा अमेरिकाले भेनेजुएलाबाट दैनिक ५ लाख ब्यारेल तेल आयात गर्थ्यो, जुन अमेरिकी कुल आयातको ६.५ प्रतिशत थियो।

(मादुरो सरकारलाई दबाब दिन भन्दै अमेरिकाले प्रतिबन्ध लगाएपछि आयात शून्य भयो।

(त्यसपछि भेनेजुएलाले छुट दरमा तेल चीन, रूस र इरानलाई बेच्न थाल्यो, जसले अमेरिकालाई झनै रुष्ट बनायो।

(पछिल्ला महिनामा अमेरिकाले भेनेजुएलाका तेल ट्याङ्करहरू कब्जा गरेको र ब्लकेड घोषणा गरेको छ, जसलाई मादुरोले तेल लुट्ने प्रयासु भनेका छन्।

विश्लेषकहरूका अनुसार, लागूऔषध तस्करीको आरोप केवल कूटनीतिक बहाना हो।

अमेरिकाको मुख्य लक्ष्य भेनेजुएलाको तेल उद्योगमाथि पूर्ण नियन्त्रण राख्नु हो, जसले विश्व तेल बजारमा अमेरिकी प्रभाव बढाउनेछ।

मादुरोले बारम्बार भनेका छन् -अमेरिका हाम्रो तेल र खनिज स्रोत कब्जा गर्न चाहन्छ।

आक्रमणको विवरण

आज बिहान काराकाससहित फुर्ते तिउना सैन्य आधार, ला कार्लोटा एयरफिल्डलगायतका स्थानमा विस्फोटनहरू भएका छन्।

ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, अमेरिकाले भेनेजुएलाविरुद्ध सफलतापूर्वक ठूलो सैन्य कारबाही गरेको छ र मादुरोलाई अमेरिकी न्यायको सामु उभ्याइनेछ।

भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजले मादुरोको ुप्रूफ अफ लाइफु मागेकी छन् भने सरकारले यो आक्रमणलाई साम्राज्यवादी आक्रामकताु भन्दै राष्ट्रिय संकटकाल घोषणा गरेको छ।

अन्तर्राष्ट्रिय प्रतिक्रिया

-रूस, इरान, क्यूबा र चीनले अमेरिकी कारबाहीलाई निन्दा गरेका छन्।

-ल्याटिन अमेरिकी देशहरूले शान्तिको अपील गरेका छन्।

-संयुक्त राष्ट्रसंघमा यो मुद्दा उठ्ने सम्भावना छ।

यो घटनाले विश्व तेल मूल्यमा उथलपुथल ल्याउन सक्छ र क्षेत्रीय अस्थिरता बढाउनेछ। विज्ञहरू भन्छन् – लागूऔषधको नाममा तेलको खेल चलिरहेको छ, र यो खेल अझै लामो समय चल्न सक्छ।

स्रोत : न्यूयोर्क टाइम्स, अलजजीरा, एपी र अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरू

Page Views: 133
संबन्धित शिर्षकहरु
साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
स्पेनले जित्याे विश्वकप २०२६ को उपाधि
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
ताजा अपडेट
  • स्कुल बस दुर्घटना अपडेट : ५ जनाकाे मृत्यु
  • आजबाट अग्रिम टिकट बुकिङ खुला
  • पाेखरामा स्कुल बस दुर्घटना
  • बिहान ७ बजेबाट सुरु भएकाे मतदान दिउँसो ३ बजेसम्म
  • जुम्लामा आज सार्वजनिक बिदा
  • भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
  • कांग्रेसको निर्वाचन दिउँसो एक बजेलाई सारियाे
  • आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama