Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असोज २९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आज देशभर माघे संक्रान्ति पर्व मनाइँदै, सरकारले दियो सार्वजनिक विदा

- shuvadmin / बिहिबार, माघ ०२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, आज देशभर मकर सङ्क्रान्ति, माघी वा माघे संक्रान्ति पर्व श्रद्धा र उल्लासका साथ मनाइँदैछ।

प्रत्येक वर्ष माघ महिनाको पहिलो दिन मनाइने यो पर्व विभिन्न पवित्र नदी, त्रिवेणी तथा धार्मिक स्थलमा स्नान, पूजा–अर्चना तथा घिउ, चाकु, तिलको लड्डु र तरुललगायतका परिकार सेवन गरी मनाउने परम्परा रहेको छ।

ज्योतिष शास्त्रअनुसार आजकै दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर सङ्क्रान्ति भनिन्छ।

धार्मिक मान्यताअनुसार सूर्यको मकर राशिमा प्रवेशसँगै उत्तरायण शुरु हुने विश्वास छ।

उत्तरायण अवधिमा दिन क्रमशः लामा हुने र तापक्रम बढ्दै जाने भएकाले यस दिनलाई खगोलीय दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ।

धार्मिक ग्रन्थहरूमा माघे सङ्क्रान्तिका दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र तथा अन्य सामग्री दान गर्नाले विशेष पुण्य प्राप्त हुने उल्लेख छ।

साथै यस्ता पोषिलो खाद्य पदार्थ सेवनले शरीरलाई ऊर्जा प्रदान गरी स्वास्थ्य लाभ हुने जनविश्वास रहेको छ।

आज देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काईलगायतका नदी तथा घाटहरूमा स्नान, दान, श्राद्ध र पूजा गर्न भक्तजनको उल्लेख्य भीड देखिने गर्दछ।

शिशिर ऋतुमा पर्ने यस पर्वमा घिउ, चाकु, तिल, खिचडी तथा तातो तेल शरीरमा मालिस गर्दा चिसोबाट बच्न र छालासम्बन्धी रोग कम हुने विश्वास गरिन्छ।

नेपालको भौगोलिक, जातीय र सांस्कृतिक विविधताअनुसार माघे सङ्क्रान्ति फरक–फरक नाम र परम्पराअनुसार मनाइन्छ।

थारु समुदायले यसलाई ‘माघी’ पर्वका रूपमा नयाँ वर्षका रूपमा मनाउने गर्छन् भने मगर समुदायमा यो पर्व ‘माघ्यासेर्ल्हेस’ नामले चिनिन्छ।

हिमाल, पहाड र तराईका विभिन्न जातजाति तथा समुदायले आ–आफ्नै सांस्कृतिक विशेषतासहित यो पर्व मनाउने प्रचलन छ।

माघे सङ्क्रान्तिको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। यसका कारण आज देशभर विद्यालय, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र सेयर बजार बन्द रहनेछन्।

Page Views: 283
संबन्धित शिर्षकहरु
चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
ताजा अपडेट
  • चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै
  • संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित
  • बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध
  • गृहमन्त्री गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama