Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, बैशाख १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

टानको अध्यक्षमा वरिष्ठ पर्यटन व्यवसायी सागर पाण्डेले गरे उम्मेदवारी घोषणा

- shuvadmin / आइतबार, साउन २०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, ट्रेकिङ एजेन्सीज एसोसीयन अफ नेपाल (टान) को अध्यक्षमा वरिष्ठ पर्यटन व्यवसायी सागर पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् ।

विगत दुईदशक भन्दा लामो समयदेखि पर्यटनमा क्रियाशील पाण्डे टानको पूर्वमहासचिव समेत हुन् । अध्यक्षमा उम्मेदवारी घोषणा गरेसँगै उनले आफ्ना प्रमुख एजेन्डाहरु समेत सार्वजनिक गरेका छन् ।

नेपाल पर्यटन व्यवसायी संगठनले सागर पाण्डेलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय केही दिन अघि नै गरिसकेको छ ।

अध्यक्षका उम्मेदवा्र पाण्डेले राहत तथा उद्धार अक्षयकोषको स्थापना, कानूनी परामर्श इकाई र बैंक तथा भ्याट र ट्याक्स परामर्श समिति गठनलाई प्रमुख तीन एजेन्डाका रुपमा अघि सारेका छन् ।

सबै कर्मचारी तथा मजदूरहरुका लागि राहत तथा उद्धार अक्षय कोषको स्थापना गर्ने घोषणा गरेका छन् ।

कुनै पनि सदस्य कम्पनीको कर्मचारी, ट्रेकिङ गाइड वा मजदूर जुनसुकै वेला जुनसुकै समस्यामा पर्दा उसलाई सहयोग गर्नुपर्छ भन्ने मान्यतालाई स्थापित र व्यवहारिक बनाइए राहत प्रदान गर्नेगरी अक्षयकोष स्थापना गर्न आवश्यक रहेकाले यसलाई पहिलो प्राथमिकतामा राखेको उनको घोषणा छ ।

टानका सदस्य व्यवसायीहरुलाई कुनै पनि बेला दिर्घकालीन रोग वा महंगो उपचार गर्नुपर्ने रोगहरु लागेको अबस्थामा सोही कोषबाट राहत उपलव्ध गराइने कोषको लक्ष्य रहेको छ ।

उनले टानमा एउटा अलग्यै विभागका रुपमा कानूनी परामर्श इकाइको आबश्यकता महसुस गरी कानूनी परामर्श इकाईको गठन गर्ने प्रतिबद्धता अघि सारेको छन् ।

पाण्डेले यसबाट टानका साधारण सदस्यहरुले आफ्नो व्यवसाय सञ्चालनको क्रममा आइपर्ने कानूनी अड्चन, प्रशासनिक अप्ठ्याराहरु तथा अन्य कुनै किसिमको कानूनी परामर्श लिन सक्ने उद्येश्य राखेका छन् ।

समस्या हेरि टानले नै सहजीकरणसँगै समस्या समाधानका लागि पहल समेत गर्ने गरी अघि बढाउने उनको योजना छ ।

पाण्डेको तेश्र्रो प्राथमिकता बैंकिङ तथा भ्याट र ट्याक्स परामर्श समिति गठनलाई रहेको छ । प्रत्येक आर्थिक वर्षको अन्त्यमा ट्याक्स÷भ्याटको सीमा तथा
नियमहरुमा फेरबदल भइरहने हुनाले कतिपय व्यवसायीहरु अलमलमा पर्ने तथा समस्यामा पर्ने गरेको र त्यसका साथै बैंकिङ क्षेत्रसँग जोडिएको कर्जा, व्याज तथा अन्य परामर्शमा पनि यस समितिले सहयोग गर्ने उनको बुझाइ छ ।

समितिले भ्याट, ट्याक्स तथा बैंकिङ क्षेत्रकाबारे जानकारी गराउने, परामर्श दिने तथा आबश्यक प्रकृया पूरा गर्नमा सहजिकरण गर्ने र सम्बन्धित समस्या समाधानमा सहयोग गर्ने छ ।

यसका अलवा हाल देखिएका व्यवसायी समस्या समाधान गर्दै नयाँ पदमार्गहरुको खोजी र भएका पदमार्गहरुको संरक्षण गर्दै पर्यटन प्रर्वद्र्धनमा आफू केन्द्रित हुने घोषणा गरेका छन् ।

Page Views: 27
संबन्धित शिर्षकहरु
त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
ताजा अपडेट
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द
  • विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
  • हावाहुरीसहित वर्षाकाे सम्भावना
  • आजदेखि नयाँ शैक्षिकसत्र सुरु
  • सिरहाकाे नेपाल-भारत सीमाबाट लाखाैँकाे सामग्री बरामद

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama