Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, बैशाख ०७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

धरानमा खानेपानी महसुल वृद्धिविरुद्ध प्रर्दशन जारी, मेयर साम्पाङको एकलौटी निर्णयको विरोध

- shuvadmin / शुक्रबार, साउन २५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

धरान, खानेपानी व्यवस्थापन बोर्डको बैठकसमेत नबसिकन प्रमुख एक्लैले खानेपानीमा ९ हजार ९ सय प्रतिशतसम्म महसुल वृद्धि गरेपछि धरानमा स्थानीयको प्रदर्शन चर्किएको छ ।

साउन ११ यता आन्दोलनरत स्थानीयहरू प्रमुख हर्क साम्पाङविरुद्ध आन्दोलनमा केन्द्रित भएका छन् ।

खानेपानी व्यवस्थापन बोर्डको बैठकसमेत नबसिकन प्रमुखले नै एकलौटी निर्णयमा साउन १ गतेदेखि लागू हुने गरी ११ प्रतिशतदेखि ९ हजार ९ सय प्रतिशतसम्म खानेपानीको महसुल वृद्धि गरेका थिए ।

महसुल वृद्धिविरुद्ध राजनीतिक दलहरूले सुरुमा ७२ घण्टे अल्टिमेटम दिए पनि प्रमुख साम्पाङले बेवास्ता गरे ।

अहिले स्थानीयको प्रदर्शन लम्बिँदै जाँदा स्थानीयवासीको प्रदर्शन अराजकतर्फ उन्मुख छ ।

बिहीबार धरान उपमहानगरको गेट अगाडि धर्ना दिन भेला भएका स्थानीयवासी, धरानका १० राजनीतिक दलसहित विद्यार्थीहरूले गेट तोडफोडको समेत प्रयास गरेका थिए । शुक्रबार पनि आन्दोलन जारी छ ।

आक्रोशित स्थानीय उपभोक्ताहरू जुत्ताको माला बनाएर ‘प्रमुख साम्पाङलाई लगाउने’ नगरपालिका कार्यालय बाहिर प्रदर्शनमा छन् ।

बिहीबार नगरपालिकाको गेट तोडफोडको प्रयास गर्दा केही विद्यार्थी र प्रहरीहरू घाइतेसमेत भएका थिए ।

गेट तोडफोड गर्ने विद्यार्थीहरूमाथि प्रहरीले लाठी चार्ज गरेको थियो । लाठी चार्जपछि भने घटनाले थप उग्ररूप लिएको थियो ।

प्रदर्शन नरोकिएपछि प्रमुख साम्पाङले छोटो सम्बोधन गर्दै साउन २७ गते आइतबार ११ बजे आन्दोलित पक्षहरूलाई वार्ताका लागि बोलाएका छन् । तैपनि आन्दोलन रोकिएको छैन ।

बिहीबार नै धरानका केही युवाहरूले खानेपानीको बिल काउन्टरमा तालाबन्दी गरेका छन् । धरान ११, १५ र १६ नम्बर वडाको खानेपानीको बिल काउन्टरमा तालाबन्दी गरिएको छ ।

आन्दोलनको बिउ- हर्क साम्पाङ

धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष भनेर दाबी गर्ने प्रमुख साम्पाङले एकलौटी रूपमा चालू आर्थिक वर्षबाट लागू हुने गरी खानेपानी महसुल वृद्धि गरेका थिए ।

खानेपानी व्यवस्थापन बोर्डको बैठकसमेत नबसिकन प्रमुखले नै एकलौटी निर्णयमा साउन १ गतेदेखि लागू हुने गरी ११ प्रतिशतदेखि ९ हजार ९ सय प्रतिशतसम्म खानेपानीको महसुल वृद्धि गरेका थिए ।

महसुल वृद्धिविरुद्ध राजनीतिक दलहरूले सुरुमा ७२ घण्टे अल्टिमेटम दिए पनि प्रमुखसाम्पाङले बेवास्ता गरे ।

धरानमा २०७४ सालमा कायम भएको खानेपानीअन्तर्गतका भिन्न शुल्क र हाल कायम भएको नयाँ शुल्कमा ४० रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्म वृद्धि गरेको पाइएपछि विरोध जनाउन बाध्य भएको दलका प्रतिनिधिहरूले बताउँदै आएका छन् ।

महसुल वृद्धिअनुसार नयाँ धारा जडानमा पाँच हजार रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्म वृद्धि गरिएको छ ।

हाफ इन्चको पाइपमा नयाँ धारा जडान गर्दा १५ हजार रुपैयाँ रहेकोमा हाल आएर २० हजार रुपैयाँ वृद्धि गरिएको पाइएको छ ।

खानेपानी व्यवस्थापन बोर्ड ऐन २०६३ अनुसार व्यवस्थापन बोर्डमा ७ जना सदस्य हुने भएपनि नगर प्रमुख साम्पाङले एकलौटी निर्णय गरेको आरोपसमेत लाग्दै आएको छ ।

Page Views: 38
संबन्धित शिर्षकहरु
चट्याङ लागेर एक युवकको मृत्यु
काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
ताजा अपडेट
  • चट्याङ लागेर एक युवकको मृत्यु
  • काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
  • आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
  • अक्षय तृतीया सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै
  • रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न
  • केहि भागमा आंशिक बादलसहित पानी पर्ने
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama