Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, असोज २३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

साफ यु-२० च्याम्पियनसीपको उद्घाटन खेलमा नेपाल र श्रीलंका खेल्दै

- shuvadmin / आइतबार, भदौ ०२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ ।

६ टोली सहभागी प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकासँग खेल्दैछ ।

समूह ए मा रहेका नेपाल र श्रीलंकाबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ ।

लगातार दोस्रोपटक प्रतियोगिता आयोजना गरिरहेको नेपाल यसपटक उपाधि जित्ने लक्ष्यमा छ ।

श्रीलंकाले भने आन्तरिक कारण गत संस्करणको प्रतियोगिता खेलेको थिएन । नेपाली टोली कुशल देउवाको कप्तानीमा मैदान उत्रँदैछ ।

गत वर्ष साफ यु-१९ च्याम्पियनसिपमा नेपालको कप्तानी गरेका जियारथ शेख यसपटक पनि टिममा छन् ।

नेपाली टोलीमा यसपटक डिभिजन लिग र एनएसएल खेलेका खेलाडीहरू हुँदा टिम अनुभवी बनेको छ ।

यस्तै राष्ट्रिय टिमबाट खेलिसकका फरवार्ड समिर तामाङ पनि टिममा छन् ।

अनुभवी खेलाडी, घरेलु मैदान र दर्शकको साथमा राम्रो प्रदर्शन गर्ने मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बताएका छन् ।

साफ यु-२० च्याम्पियनसिपमा पाकिस्तानसहित दक्षिण एसियाका ६ टोलीको सहभागिता छ ।

समूह ए मा नेपाल र श्रीलंकासहित बंगलादेश छ भने साविक विजेता भारतसहित भुटान र माल्दिभ्स समूह बी मा छन् ।

दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

Page Views: 108
संबन्धित शिर्षकहरु
आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने
आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
नेपालले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै
ताजा अपडेट
  • स्कुल बस दुर्घटना अपडेट : ५ जनाकाे मृत्यु
  • आजबाट अग्रिम टिकट बुकिङ खुला
  • पाेखरामा स्कुल बस दुर्घटना
  • बिहान ७ बजेबाट सुरु भएकाे मतदान दिउँसो ३ बजेसम्म
  • जुम्लामा आज सार्वजनिक बिदा
  • भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
  • कांग्रेसको निर्वाचन दिउँसो एक बजेलाई सारियाे
  • आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama