Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, भदौ ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सहमहामन्त्री विपिन आचार्यसँग लियो बयान

- shuvadmin / आइतबार, भदौ ०२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, सहकारी संस्थाको बचत रकम दुरुपयोगबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सहमहामन्त्री विपिन आचार्यसँग बयान लिएको छ ।

सिंहदरबारस्थित आफ्नै सचिवालयमा बोलाएर समितिले आचार्यसँग बयान लिएको हो । बयानमा आचार्यले रकम अपचलनमा आफ्नो कुनै भूमिका नभएको भन्दै बचाउ गरेका थिए ।

समितिले आचार्यसँग गोर्खा मिडियामा कार्यरत रहँदा सहकारीको रकम अपचलन भएकोबारे चासो राखेको थियो ।

आचार्यले यसअघि गोर्खा मिडियामा क्रिएटिभ डाइरेक्टरका रूपमा समेत काम गरेका थिए ।

जीवी राई नेतृत्वमा खुलेको सहकारीबाट बचतकर्ताको ठूलो रकम अपचलन भएपछि सरकारले संसदीय विशेष छानबिन समिति बनाएको छ ।

रकम अपचलनमा रास्वपाका सभापति रवी लामिछाने समेत जोडिएको भन्दै यसअघि केही दलले संसदमा अवरोध गरेपछि संसदीय छानबिन समिति बनेको हो ।

गोर्खा मिडियामा काम गरेका कारण यो प्रकरणमा रास्वपाका सह–महामन्त्री आचार्य पनि जोडिएका छन् ।

०७८ पुस ६ मा सूर्यदर्शन सहकारीबाट १ करोड र पुस १२ मा सुप्रिम सहकारीबाट १ करोड ५६ लाख १५ हजार गरी कुल २ करोड ५६ लाख १५ हजार रुपैयाँ आचार्यको तर्फबाट गोर्खा मिडियामा गएको कागजातमा खुलेको छ ।

आचार्यले सहकारीको रकम गोर्खा मिडियाबाट पनि आफ्नो कम्पनीमा सारेको पाइएको छ ।

आचार्यकी श्रीमती सुरक्षा अधिकारीको नाममा स्थापना भएको ‘नोबडी प्रोडक्सन प्रालि’ को खातामा गोर्खा मिडियाबाट ५ करोड ३५ लाख रुपैयाँ स्थानान्तरण भएको कागजात संचारमाध्यममा प्रकाशित भएको थियो ।

Page Views: 73
संबन्धित शिर्षकहरु
सुनको मूल्य लगातार उकालो लाग्दै
विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक
आज मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने
ताजा अपडेट
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक
  • आज मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने
  • सुदूरपश्चिममा एक महिनामा ५ हजार बढि सवारी चालक कारबाहीमा
  • लागुऔषधसहित पाँच महिला पक्राउ
  • केहि स्थानमा भारी वर्षा हुने सतर्कता अपनाउन अनुरोध
  • रुकुम गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु
  • सुनको मूल्य ३ लाख २० हजार नजिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama