Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रिलायन्सको विवादास्पद आईपीओ न्यायालयको कठघरामा, सीआईबी र लगानीकर्ताबीच चर्काचर्की

- shuvadmin / मङ्गलबार, भदौ ११, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक विवादास्पद बुक बिल्डिङ विधिबाट आईपीओ निश्कासनको विषय थप पेचिलो बनेको छ ।

यो कम्पनीले अस्वभाविक मूल्य तोकेर आईपीओ निश्कासन गर्ने मिति तोकिसकेको अवस्थामा चलखेलबाट स्वीकृति दिएको विषयमा तीव्र विरोध भएपछि अन्तिम अवस्थामा स्थगन गर्नुपरेको थियो ।

नेपाल धितोपत्र बोर्डकै चलखेलमा रिलायन्सलाई आईपीओ निश्कासनको अनुमति दिइएको अवस्थामा संसदको सार्वजनिक लेखासमितिको हस्तक्षेपपछि प्रक्रिया स्थगित भएको थियो ।

त्यसपछि धितोपत्र बोर्डले यो विषयमा थप अध्ययन गरिएको दाबी गरेको थियो । बोर्डले थप अध्ययन गरेर प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)लाई दिई थप अनुसन्धान गर्न भनेको थियो ।

धितोपत्र बोर्डले आफूले प्रतिवेदन दिंदा रिलायन्सको आईपीओ निश्कासन तथा स्वीकृतिको प्रक्रियामा कुनै कैफियत नभएको प्रतिवेदन दिएपछि सीआईबीले समेत सोही प्रतिवेदनलाई सदर गर्दै थप अनुसन्धान आवश्यक नरहेको निश्कर्ष निकालेको थियो ।

धितोपत्र बोर्ड र सीआईबीको पछिल्लो निश्कर्ष नै शंकास्पद देखिएको छ ।

लगानीकर्ता हरिबहादुर केसीकाअनुसार धितोपत्र बोर्ड र सीआईबीबाट विषयको छिनोफानो नभएपछि रिलायन्स स्पिनिङ मिल्स आईपीओको विषयमा अब अदालतले नै छिनोफानो गर्नेछ ।

उनकाअनुसार आगामी भदौ १२ गते रिलायन्सको आईपीओको विषयमा परेको मुद्दाको अदालतमा पेशी रहेको छ ।

यसअघि सीआइबी र लगानीकर्ताहरुबीच रिलायन्स स्पिनिङ मिल्सको विषयमा सीआइबी परिसरमा नै चर्काचर्की परेको पनि केसीले जानकारी दिए ।

उनका अनुसार धितोपत्र बोर्डले हालको प्रक्रिया ठीक रहेको भन्दै प्रतिवेदन बुझाएको भरमा सीआईबीले पनि त्यसैलाई सदर गरिएको जवाफ लगानीकर्तालाई दिएपछि चर्काचर्की परेको थियो ।

यसैबीच, लगानीकर्ताले बुक बिल्डिङ विधिमा न्यूनतम ५० कित्ता भर्नैपर्ने नियम सर्वसाधारणमैत्री र नेपालको आईपीओको अबधारणाविपरीत भएको आरोप लगाएका छन् ।

यो व्यवस्थाले सर्वसाधारणलाई आईपीओबाट बञ्चित गर्न खोजेको लगानीकर्ताले बताएका छन् ।

यस्तै, रिलायन्सले आईपीओ निश्कासन गर्दा तोकेको मूल्य अत्यधिक रहेको र विभिन्न पक्षको मिलेमतोमा आईपीओको नाममा सर्वसाधारणलाई लुट्न यस्तो योजना बनाइएको समेत आरोप लाग्ने गरेको छ ।

केही समय पहिले नेपाल सेयरधनी संघले आयोजना गरेको एक कार्यक्रममा लगानीकर्ता डा. केशव श्रेष्ठले बुक विल्डिङ विधिको विरोध गरेका थिए । ‘

यो व्यवस्थाका कारण लगानीकर्ता दोहोरो मारमा परेका छन् । एकातिर सेयरको मूल्य नै प्रतिकित्ता ८२०.८० रुपैयाँ रहेको छ । अर्कोतर्फ न्यूनतम ५० कित्ता भर्नु पर्ने नियम छ ।

यो भनेको लगानीकर्तालाई दोहोर मार हो,’ उनले भनेका थिए । ‘रिलायन्स स्पिनिङको सेयरको मूल्य बेलुनिङ्ग गरेर ६० लाख सर्वसाधारणको गोजीबाट पैसा निकाल्ने योजना बुनिएको छ, यो गलत छ ।’

यस्तै, लगानीकर्ताले कम्पनीले विद्युतको ७३ करोड बक्यौता नै तिर्न बाँकी रहेको र यस्तो अवस्थामा कम्पनीले कुनै पनि भवितब्य दायित्वलाई प्रोभिजनिङ नगरिएको आरोप पनि लगानीकर्ताहरुले लगाएका छन् ।

विद्युतको बक्यौता रकमसम्बन्धी कम्पनीले मुद्दा हारेमा कम्पनीले पैसाको जोहो कसरी र कुन स्रोतबाट गर्छ भन्नेमा लगानीकर्ताले चासो व्यक्त गरेका छन् ।

तर, कम्पनीको तर्फबाट यस्ता विषयमा हालसम्म कुनै प्रष्टीकरण दिइएको छैन । कम्पनीका प्रमोटर विभिन्न निकायमा सेटिङ गरेरै रिलायन्सको आईपीओ कुनै पनि हालतमा निश्कासनको प्रयासमा देखिन्छन् ।

कम्पनीले आफ्नो दायीत्व र त्यसको जोखिम व्यवस्थापनको पक्षमा ध्यान नदिएका कारण भविष्यमा लगानीकर्ताहरुले वर्षौसम्म पनि लाभांश नपाउने त्रास बन्छ ।

लगानीकर्ता प्रकाश रजौरेले कम्पनीले सरासर ३–४ वटा गलत काम गरेको बताएका थिए । पहिलो भनेको कम्पनीको प्रतिसेयर आम्दानी नै शंकास्पद देखिएको छ ।

कम्पनीले १५ प्रतिशत ग्रोथको क्षमता देखाएर आउने वर्षमा ३ हजारभन्दा बढी प्रतिसेयर आम्दानी कसरी देखाउनसक्छ ?’ रजौरेले भने,‘ त्यसैगरी दोस्रो भनेको कम्पनीले भवितब्य दायित्व नदेखाएर नेटवर्थमा पनि खेलेको देखिन्छ ।’

साथै, कम्पनीले अचल सम्पतिलाई पूनर्मूल्याँकन गरेर नेटवर्थ बढाएको पनि रजौरेले आरोप लगाए ।

लगानीकर्ताहरुको उद्देश्य कम्पनीहरुलाई बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्नबाट रोक्नु नभई नियमसंगत र जालझेलबिना आउन दबाव दिनु रहेको उनले बताए ।

Page Views: 27
संबन्धित शिर्षकहरु
बिहानै देखि चल्यो डोजर सुकुबासीमा
सुनसरीको वराहक्षेत्र -५, कालाबांजारमा मामा\भान्जा सप्लायर्स तथा मासु पसल सञ्चालनमा
आज कुन कुन तरकारी तथा फलफूलकाे मूल्य कति ?
ताजा अपडेट
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द
  • विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
  • हावाहुरीसहित वर्षाकाे सम्भावना
  • आजदेखि नयाँ शैक्षिकसत्र सुरु
  • सिरहाकाे नेपाल-भारत सीमाबाट लाखाैँकाे सामग्री बरामद

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama