Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

इजरायली सरकारविरुद्ध जनता आक्रोशित, राष्ट्रव्यापी एक दिने हड्तालको घोषणा

- shuvadmin / सोमबार, भदौ १७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, सरकारले हमासको नियन्त्रणमा रहेका बन्धकलाई स्वतन्त्र गर्न असफल भएको भन्दै इजरायलमा जनताले विरोध प्रदर्शनलाई जारी राखेका छन् ।

शनिबार ६ बन्धकको शव इजरायली सेनाले भेटाएसँगै आक्रोशमा आएका जनताका कारण राष्ट्रियरुपमा नै तनाव बढ्दै गएको छ ।

इजरायलको सबैभन्दा ठूलो मजदूर संघ हिस्ताद्रूतले एक दिने हड्ताल घोषणा गरेको छ ।

राष्ट्रले सहमतिभन्दा पनि शवको ब्यागहरु प्राप्त गरिरहेको संघका नेता आर्नन बार–डेभिढले बताए ।

सरकारले यस हड्तालप्रति आक्रोशित प्रतिक्रिया दिएको छ । दक्षिणपन्थी अर्थमन्त्री बेजलेल स्मोट्रिचले संघ आफैँ हमासको इसारामा चलिरहेको आरोप लगाए ।

हमासको नियन्त्रणमा रहेका ६ जना बन्धक मृत अवस्थामा भेटिए

केही शहर र नगरपालिकाले सो सहभागी नहुने भनेलगत्तै हड्ताल कतिको सफल हुन्छ भन्नेबारे प्रष्ट खाका आइसकेको छैन ।

यद्यपि, राष्ट्रियव्यापी रुपमा घोषणा गरिएको सो हड्तालले बन्धकको मृत्युप्रति सर्वसाधारणको आक्रोशलाई दर्शाएको छ ।

आइतबार दशौं हजार मानिसले इजरायलमा र्याली निकालेर हमासले बन्धक बनाएका मानिसलाई रिहा गर्न प्रधानमन्त्री बेन्यामिन नेतान्याहु र उनको सरकारले पर्याप्त पहल नगरेको आरोप लगाए ।

कतिले प्रधानमन्त्री नेतान्याहु र उनको सरकारविरुद्ध नारा पनि लगाए ।

सो प्रदर्शन मुख्यतस् शान्तिपूर्ण भएपनि भीडले पुलिसको घेरातोडेर तेल अभिवको मुख्य राजमार्ग अवरुद्ध गरेको छ ।

Page Views: 106
संबन्धित शिर्षकहरु
प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने
उद्योग वाणिज्य समितिको बैठक बस्दै
आज मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने
ताजा अपडेट
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
  • विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
  • विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
  • रसुवाका बाढीपहिरो पीडितलाई सुनापति गाउँपालिकाको दुई लाख सहयोग
  • रसुवा बाढीमा निधन भएका १ हजार १ सय १४ जनाको शव फेला
  • सुनकाे मूल्य ३ लाखबाट तल झर्‍याे
  • नागढुंगा-नौबिसे सडककाे पातले वनमा सडक भासियाे
  • प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama