Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, साउन २६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पक्राउ पर्ने डरले भागे विजय भण्डारी, छानबिन समितिमा दिएनन् बयान

- shuvadmin / मङ्गलबार, भदौ १८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू ,धार्मिक आवरणमा ठगी धन्दा गर्दै आएका विजय भण्डारी पक्राउ पर्ने डरले भागेपछि छानबिन समिति कामविहीन भएको छ ।

उनै भण्डारीलाई पक्राउ गर्न गएको प्रहरी टोलीसँग कोटिहोम आयोजकको झडप भएको घटना छानबिन गर्न गठित समितिमा बयान दिन नगएपछि समितिको म्याद पाँच दिन थपिएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले भण्डारीको कसूरबारे अनुसन्धान गरिरहेको छ । सरकारी लिखतसम्बन्धी किर्ते अपराध र अरू केही मुद्दामा समेत तत्काल पक्राउ पर्ने खतरा देखिएपछि भण्डारी भागेका हुन् ।

प्रहरीको निगरानीमा रहेका भण्डारी र उनको टोली नगएपछि छानबिन समितिको काम पूरा हुन सकेको छैन् ।

महिना दिनसम्म लगाइएको कोटिहोमको हिसाबकिताबसमेत सार्वजनिक नगरेका उनी अहिले सार्वजनिक कार्यक्रममा समेत देखिएका छैनन् ।

घटनालगत्तै उनी पोखरा गएका थिए । पोखरामा समेत कोटिहोम लगाउने प्रस्ताव गरे । आफ्ना पक्षमा समर्थक बटुल्ने प्रयास गरे ।

काठमाडौंमा कोटिहोम सफल भएको भन्दै चर्चा गरे । तर, कैयन् ठगी घटनामा संलग्न भएका उनलाई पोखरेलीले पत्याएनन् ।

आफ्नो साथमा माहौल नबन्ने देखेर काठमाडौं फर्किएका उनी छानबिन समितिमा बयानको लागि समेत गएका छैनन् ।

भण्डारीसहित उनका टिमका नीलम शाहलगायत सदस्यहरूसमेत छानबिन समितिको सम्पर्कमा छैनन् ।

के थियो घटना ?

साउन महिनाभर पशुपतिनाथ क्षेत्रमा चलेको का मुख्य सङ्कल्पकर्ता भनिएका कथित बाल योगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराज ऊर्फ विजय भण्डारीलाई पक्राउ गर्न गौशाला प्रहरी वृत्तको टोली गएको थियो ।

भण्डारीले विभिन्न मिडियामा अन्तर्वार्ता दिँदै आफूले कुनै पनि किसिमको अपराध नगरेको र प्रहरी प्रधान कार्यालयबाट चारित्रिक प्रमाणपत्र (Character Certificate)  लिएको दाबी गर्दै देखाएका थिए ।

तर, प्रहरीको प्रारम्भिक अनुसन्धानले भण्डारीको दाबीलाई असत्य प्रमाणित गरेपछि उनले पाएको प्रमाणपत्रको स्रोत पत्ता लगाउन भन्दै सोधपुछ गर्न उनलाई लिन गएको थियो ।

विजय भण्डारी ठगीको आरोपमा २ वर्ष जेलमा बसेर छुटेका व्यक्ति हुन् । उनीविरुद्ध आधा दर्जन बढी जाहेरी प्रहरीमा छन् ।

केही मुद्दा अदालतमै विचाराधीन छन् । यस्तो अवस्थामा उनले कुनै अपराधमा संलग्न नभएको प्रमाणपत्र पाएपछि उनलाई सोधपुछ गर्ने तयारीमा प्रहरी थियो ।

त्यो मनसायमा साउन ३२ गते राति पशुपति मन्दिर परिसरमा प्रहरी टोली गएको थियो ।

सुरुमा भण्डारी आफ्नै गाडीमा बसेर प्रहरी चौकी जाने भन्दै तयार भए । तर, पछि उल्टै प्रहरीलाई चुनौती दिए ।

फेसबूक लाइभ गर्दै आफ्ना अनुयायीहरूलाई प्रहरीको प्रतिकार गर्न उक्साए ।

आफ्नो गिरफ्तारी प्रयासविरुद्ध भण्डारी यति प्रतिक्रिया दिए कि गुन्डा नाइकेको रूप देखाए । यसले स्थिति तनावपूर्ण बनायो । प्रहरी तथा भण्डारीका समर्थकहरू बीच झडप भयो ।

घटनामा केही प्रहरी अधिकारीहरू र भण्डारीका समर्थकहरू घाइते भए । त्यो दिन पक्राउ पर्ने डरले भण्डारी त्यही कोटिहोम लगाइएको ‘विवादित’ स्थानमै सुते ।

किनकि बाहिर निस्किएमा पक्राउ पर्ने जोखिम थियो । तर, धर्मसँग जोडेर कार्यक्रम भइरहेकाले प्रहरीले भित्र हलमा छिरेर पक्राउ गर्न तयार भएन ।

एक रात त उनी जसोतसो प्रहरीबाट बचे । तर, धेरै दिन लुक्नछिप्न सम्भव थिएन । उनले आइडिया लगाए, आफ्ना पक्षमा माहौल बनाउन ।

हिन्दू राष्ट्रको माग राखेकोमा आफूलाई प्रहरीले गिरफ्तार गर्न लागेको भनेर उनले विषयान्तर गरे । खासमा उनले फौजदारी अपराध गरेका थिए ।

धर्मको आवरणमा ठगी :विजय भण्डारीविरुद्ध पुरातात्त्विक सम्पदामा क्षति पुर्‍याएको अर्को मुद्दा आकर्षित

नेपालमा हिन्दू राष्ट्र माग गर्ने उनी एक्ला होइनन् । हिन्दू राष्ट्रका पक्षमा धेरै समर्थक छन् । तर, भण्डारीले ती हिन्दूवादीलाई आफ्नो कित्तामा ल्याउन उपाय लगाए ।

हिन्दू राष्ट्र मागेपछि पक्राउ गर्न आएको’ भन्ने प्रचार गरे । भोलिपल्ट बिहान माइतीघरमा जुलुस गर्न सानो झुण्ड लिएर गए । घटनाको गम्भीरतालाई ध्यानमा राख्दै प्रशासनले छानबिन समिति बनायो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० जितेन्द्र बस्नेतसहित सरोकारवालाहरू बसेर कोटिहोम आयोजककै सहमतिमा सात सदस्यीय छानबिन समिति गठन भयो ।

समितिको संयोजकमा सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गाना रहेका छन् । समितिले १५ दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेस गर्ने बताइएको थियो ।

तर, समितिका सदस्यले फोन गरेर बोलाउँदा भण्डारी र उनका समर्थक समेत गएका छैनन् । समितिको म्याद १६ गते सकिएको छ । तर, भण्डारी भने उही प्रहरीले पक्राउ गर्ने डरले गएका छैनन् ।

छानबिन समिति भने कोटिहोम आयोजक र प्रहरीबीचको झडपको विषयको हो । उनीमाथि छानबिन भइरहेको भने उनले पाएको प्रहरी रिपोर्टको हो ।

यसैले जुनसुकै बेला पक्राउ पर्ने खतरा देखेपछि भागिरहेका हुनसक्ने समितिकै सदस्यहरू बताउँछन् ।

छानबिन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी ढुङ्गाना भन्छन्, “उहाँहरू आउनुभएको छैन् ।

विजय भण्डारीसहित उहाँको टोली कोही आएनन् । फोन गर्दा कहिले लाग्छ कहिले लाग्दैन । लागेको बेलामा बाहिर छु भन्छन् तर आउँदैनन् ।”

यसकारण भागिरहेछन् भण्डारी

भण्डारी ठगी आरोपमा २ वर्ष जेल परेर छुटेको रेकर्ड प्रहरीमा छ । तर, प्रहरीबाट ‘क्लियर’ चारित्रिक प्रमाणपत्र कसरी पाए भन्नेमा प्रहरीले पनि आन्तरिक छानबिन थालेको छ ।

प्रहरीकै डीएसपी दीपेश बस्यालको नेतृत्वमा अर्को आन्तरिक छानबिन समिति गठन गरिएको छ ।

प्रहरी प्रवक्ता दानबहादुर कार्की भन्छन्, “कसूर प्रमाणित भएर जेल बसेको मान्छेले कसरी चारित्रिक प्रमाणपत्र पाए भन्नेबारे अनुसन्धान भइरहेको छ ।

प्रहरी भित्रैबाट कसैले भण्डारीलाई प्रमाणपत्र दिलाउन सहयोग गरेको हो वा उनी आफैँले बनाएको हो । छानबिन भइरहेको छ । तर, जे भएपनि त्यो लिखत किर्ते हो । अपराध हो ।”

काठमाडौं उपत्यका प्रहरी कार्यालयले पनि यसबारे अनुसन्धान गरिरहेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका एक अधिकारी भन्छन्, “जेल बसेका मान्छेले प्रमाणपत्र कसरी लिए ? सरकारी लिखतसम्बन्धी किर्ते अपराधमा अनुसन्धान गरिरहेका छौँ ।”

Page Views: 76
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढेर ३ लाख ७ हजार ९ सय पुग्याे
पहिरोले विद्युतगृह पुरिँदा एक जना बेपत्ता
जाजरकोटमा भूकम्पकाे धक्का
ताजा अपडेट
  • जनकपुरको मौलिक भान्सादेखि अमेरिकासम्म : ‘टेस्ट अफ मिथिला’लाई विश्वमाझ चिनाउँदै शेफ महेश शाह
  • सुनको मूल्य बढेर ३ लाख ७ हजार ९ सय पुग्याे
  • पहिरोले विद्युतगृह पुरिँदा एक जना बेपत्ता
  • जाजरकोटमा भूकम्पकाे धक्का
  • विद्युतीय सवारीका पार्टपुर्जामा भन्सार छुट दिन माग
  • ब्रोड पिकमा निधन भएका तीन नेपालीको शव ल्याइँदै
  • अण्डाको माग बढेसँगै मूल्य पनि बढ्याे
  • प्रतिनिधिसभाको बैठक बस्दै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama