Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

हालान्डको २ गोलमा म्यानचेस्टर सिटी विजयी, अपराजित यात्रा जारी

- shuvadmin / आइतबार, भदौ ३०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, एर्लिङ हालान्डको दुई गोलमा म्यानचेस्टर सीटीले इङ्लिस प्रिमियर लिगमा अपराजित यात्रा कायमै राखेको छ।

शनिबार राति इत्तिहाद स्टेडियममा भएको खेलमा ब्रेनफोर्डविरुद्ध सीटी २–१ गोलअन्तरले विजयी भएको हो।

खेल सुरु भएको २३ सेकेन्डमै योगेन विसाले गोल गरेर ब्रेनफोर्डलाई सुरुवाती अग्रता दिलाएका थिए।

तर, जारी सिजनमा सबैभन्दा छिटो गोल गरेर पनि ब्रेनफोर्डले सुरुवाती अग्रता जोगाउन सकेन।

सुरुवातमा पछि परिसकेको सीटी, हालान्डले २ गोल गरेपछि अपराजित यात्रा कायम राख्न सफल भएको हो।

सिजनको सुरुवातदेखि नै उच्च फर्ममा देखिएका हालान्डले दुवै गोल पहिलो हाफमा गरेका हुन्।

जारी लिगमा ९ गोल गरेका हालान्ड सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन्। ३ गोल गरेका लिभरपुलका मोहमद सलाह दोस्रो स्थानमा छन्।

खेलको १९औँ मिनेटमा हालान्डले पहिलो गोल गरेपछि सीटी ब्रेनफोर्डसँग बराबरीमा आएको थियो।

फेरि ३२औँ मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गरेपछि सीटी २–१ ले अघि भयो। यसपछि कुनै गोल हुन नसक्दा सिटी २–१ ले विजयी भएको हो।

जीतसँगै शीर्ष स्थानको सीटीले दोस्रो स्थानको लिभरपुलसँग अंक दूरी बढाएको छ।

चार खेलबाट सिटीले १२ अंक बनाएको छ भने लिभरपुलको ९ अंक छ।

गएरातिकै खेलमा म्यानचेस्टर युनाइटेडले साउथहेप्टनविरुद्ध ३–० को फराकिलो जीत दर्ता गरेको छ।

अर्को खेलमा ब्राइटन र एप्सबीच टाउनले गोलरहित बराबरी र क्रिस्टल प्यालेस र लेस्टर सीटीले २–२ को बराबरी गर्दै अंक बाँडे।

यस्तै फुलहाम र वेस्ट ह्यामले पनि १–१ को बराबरी गरेभने एस्टोन भिल्लाले एभर्टनविरुद्ध ३–२ को संर्घषपूर्ण जीत हासिल गर्‍यो।

Page Views: 59
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama