Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

‘ह्रस्व दीर्घ’ प्रवर्द्धन गर्न प्रदीप रावत र साउथ अभिनेत्री कल्याणी आइतबार काठमाडौं आउने

- shuvadmin / आइतबार, मङि्सर ०२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, भारतीय अभिनेता प्रदीप रावत र साउथ अभिनेत्री समेत रहेकी उनकी पत्नी कल्याणी नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को प्रवर्धनको लागि आइतबार दिउँसो नेपालमा आउने भएका छन् ।

अभिनेत्री समेत रहेकी निर्मात्री नीता ढुंगानाले आइतबार दिउँसो १ः३० मा रावत दम्पती काठमाडौं विमानस्थलमा अवतरण गर्ने जानकारी दिइन् ।

रावत दम्पती एकसाता काठमाडौंमा रहेर फिल्म प्रवर्धनको कार्यमा ब्यस्त हुनेछन् ।

काठमाडौं बसाइमा पत्रकार सम्मेलन, मिडिया इन्टरभ्यूदेखि हल भिजिटसम्मका कार्यक्रममा प्रदीप र कल्याणी सहभागि हुने जनाइएको छ ।

शुक्रबारदेखि प्रदर्शन सुरु भएको यो फिल्ममा रावतले नीताको बुवाको चरित्रमा अभिनय गरेका छन् । जहाँ उनलाई एक धर्मगुरुको रोलमा देख्न पाइन्छ ।

कल्याणी पनि साउथ अभिनेत्री हुन् । उनले चर्चिन कन्नाडा फिल्महरुमा अभिनय गरेकी छन् ।

सन् २०११ को ‘सुसाइड’, सन् २०१२ को ‘ड्रामा’, सन् २०१३ को ‘जयमान्ना मागा’ लगायतका उनका हिट फिल्म हुन् । उनी विशेषगरि चरित्र अभिनेत्रीको रुपमा ती फिल्ममा देखिने गरेकी छन् ।

फिल्मको प्रचारप्रसारका लागि अन्य कलाकारलाई पनि पालैपालो काठमाडौंमा ल्याउने जानकारी नीताले दिइन् ।

ब्रम्हनन्दम र अलि पनि आउने चर्चा छ, तर यसबारे निधो भैसकेको छैन ।

‘फिल्मले राम्रो ओपनिङ गरेदेखि नै रावत नेपाल आउन उत्साहित हुनुहुन्छ’ नीताले भनिन्, ‘हामी नियमितरुपमा उहाँसँग सम्पर्कमा छौं ।’ फिल्मले शुक्रबार र शनिबार देशब्यापी हाउसफूल ब्यापार गरेको जानकारी उनले दिइन् ।

‘दर्शकसँगको वार्तालापमा राम्रो रेस्पोन्स भएको छ । धेरै दर्शक टिकट नपाएर फर्किएको कुरा छ । भोलिदेखि शो थपिनेछन्’ उनले भनिन् ।

‘ह्रस्व दीर्घ’ शनिबार झण्डै डेढसय हलमा प्रदर्शनमा आएको थियो ।

Page Views: 71
संबन्धित शिर्षकहरु
महानगरपालिकाकाे टोल टोलमा ‘फिल्म महोत्सव’
भोटो देखाउँदै रातो मत्स्येन्द्रनाथको रथयात्रा सम्पन्न
चिनियाँ फिल्ममा मार्सल आर्ट र एआईको उच्चतम प्रयोग
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama