Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असार ३१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

एनपीएलको लिग चरणको अन्तिम खेलमा जित्ने लक्ष्यमा कर्णाली, काठमान्डुका लागि भाग्यको फैसला

- shuvadmin / सोमबार, पुष ०१, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, गत मंसिर १५ देखि कीर्तिपुरको त्रिवि मैदानमा जारी नेपाल प्रिमियर (एनपीएल)मा आज (सोमबार) लिग चरणका खेल सकिँदै छन् ।

अन्तिम खेलमा आज सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमने–सामने हुँदैछन् । खेल बिहान ९ बजे सुरु हुनेछ ।

सुदूरपश्चिमको कप्तानी दीपेन्द्रसिंह ऐरीले तथा कर्णालीको सोमपाल कामीले गर्नेछन् ।

यसअघि भएका ६ खेलमध्ये ५ मा जीत हासिल गरेको सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा छ । उसले १० अंक जोडेको छ ।

दोस्रो स्थानका जनकपुर बोल्ट्सको पनि १० अंक नै छ । आजको खेल जितेमा सुदूरपश्चिम १२ अंकसहित निर्विवाद शीर्ष स्थानमा रहने छ ।

पहिलो र दोस्रो स्थानका टोलीले क्वालिफायर–१ खेल्नेछन् । यसको विजेता सिधै फाइनलमा पुग्नेछ ।

पराजित टोलीले क्वालिफायर–२ खेल्नेछ । तेस्रो र चौथोको विजेता टोलीसँग खेल्ने छ । उक्त खेल जिते फाइनलमा पुग्नेछ ।

आजको खेल कर्णाली र काठमान्डू गुर्खाजका लागि महत्वपूर्ण छ । किनकि हालसम्म दुवैको ८–८ अंक छ । तर रेनरेटमा कर्णाली अगाडि छ ।

यदि आजको खेल जितेमा कर्णाली प्लेअफमा पुग्नेछ भने काठमान्डू बाहिरिने छ । यसर्थ सुदूरपश्चिम र कर्णालीबीचको आजको खेल काठमान्डूका लागि पनि भाग्यको फैसला हुनेछ ।

कर्णाली सुदूरपश्चिमसँग भारी अन्तरले पराजित भएमा काठमान्डू प्लेअफमा जानेछ । यस्तो अवस्थामा कर्णाली बाहिरिने छ ।

यसर्थ कर्णाली आज सुदूरपश्चिमलाई जित्ने लक्ष्यका साथ मैदानमा उत्रने छ ।

सुदूरपश्चिम र जनकपुरसँगै चितवन राइनोज पनि एनपीएलको प्लेअफमा पुगिसकेको छ । चितवन प्लेअफ पुग्ने तेस्रो टिम हो ।

आठ टोली सम्मिलित प्रतियोगितामा लुम्बिनी लायन्स, पोखरा र विराटनगर किंग्सको यात्रा भने समाप्त भइसकेको छ ।

Page Views: 53
संबन्धित शिर्षकहरु
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
अर्जेन्टिना र इङ्ग्ल्यान्ड सेमिफाइनलमा भिड्ने
ताजा अपडेट
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
  • हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
  • विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
  • पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • ‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
  • लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama