Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पशुपति विकास कोषका सदस्य सचिव थापा र कार्यकारी प्रमुख जोशीले टेर्दैनन अदालतको आदेश पनि

- shuvadmin / शुक्रबार, पुष १२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, पशुपति विकास कोषका सदस्य सचिव मिलन थापा र कार्यकारी प्रमुख सुवासचन्द्र जोशीले टेर्दैनन अदालतको आदेश पनि अटेर गर्दै आएका छन् ।

कोषका ३७ जना श्रमिकहरूको पक्षमा श्रम अदालत भक्तपुरले दोस्रो पटक स्टे अडर जारी गर्दा समेत कर्मचारीहरूको काम पुनर्वाहली गर्न कोषका सदस्य सचिब र कार्यकारी प्रमुख जोशीले अटेर गर्दै आएका हुन् ।

कोषका सदस्य सचिव थापा र कार्यकारी प्रमुख जोशीले श्रम अदालतको आदेशको अवज्ञा गर्दै उनीहरूलाई काममा नफर्काएपछि १२ दिन देखि ३७ जना श्रमिकहरू नियमित धर्नामा बसेका छन् ।

कोषले गैरकानूनी ढंगबाट सरसफाइमा कार्यरत श्रमिकलाई काममा रोक लगाएको विषयमा श्रम अदालत भक्तपुरले काममा लगाउन दिएको आदेश समेतलाई बेवास्ता गरि श्रमिकलाई हाजिर गर्न रोक लगाएपछि उनीहरु धर्नामा बसेका हुन् ।

उनीहरु कोषमा काम गर्न नदिएकाले कोषमा अदालतको आदेश कार्यान्वयन गरि हाजिर लगाई काममा लगाउन भन्दै उनीहरु धर्नामा बसेका हुन् ।

श्रमिकको आन्दोलनलाई ऐक्यबद्धता जनाउन नेकपा एकीकृत समाजवादी का स्थायी कमिटी सदस्य डाक्टर विजय पौडेल धर्ना स्थलमा पुगी श्रमिकहरूका समस्याहरूको सुनुवाइ गरेका थिए ।

अदालतले दोस्रो पटक जारी गरेको अन्तरिम आदेश समेत नमान्ने पशुपति क्षेत्र विकास कोषका कार्यकारी प्रमुख र सदस्य सचिव को हुन् भन्दै श्रमिक क्षेत्रका सरोकारवालाहरूले प्रश्न उठाउन थालेका छन् ।

यस विषयमा बुझ्न कोषका कार्यकारी प्रमुख जोशीलाई ९८५११९९३०४ मा पटक/पटक सम्पर्क गर्दा समेत फोन उठेन भने सदस्य सचिव थापाको ९८५१२४२८०८ स्विच अफ रहेको थियो ।

Page Views: 52
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama