Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, कार्तिक ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

गायक सविन श्रेष्ठले ‘बिहानीको किरण’ बोलको नयाँ गीत सार्वजनिक

- shuvadmin / बुधबार, पुष २४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, गायक सविन श्रेष्ठले ‘बिहानीको किरण’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । गीतमा उनकै शब्द र संगीत छ ।

गीतले प्रेम र एकअर्काबीचको साथको कुरा गर्छ । धोकाधडीमा रुमलिएको युवायुवतीको प्रेममा विश्वास र भरोसाको अपेक्षाको कुरा गर्छ । गीतमा निश्चल र स्वच्छ प्रेमको बयान छ ।

बिहानीको किरण।।।’ सविनप्रतिको आशा र उनको संगीत यात्राको उत्सव पनि हो । प्रेम र साथको सुन्दर भावनालाई समेटेर तयार पारिएको गीतले श्रोतालाई सविनको कथा पनि भन्छ ।

“संगीतले मलाई नयाँ जीवन दिएको छ । यो गीत मेरो जीवनको त्यही यात्रा हो, जसले मलाई जिन्दगीलाई फेरि प्रेमिल बनाएको छ,” सविन भन्छन्, “केही आफ्नै भोगाइ र केही कल्पनाको समीक्षण गीतमा समेटेको छु ।”

सविनले गीतको भिडियो पनि तयार पारेका छन् । जीवन भट्टराई र लक्ष्मी बर्देवाले अभिनय गरेका छन् ।

भिडियोको निर्देशन पनि जीवन र लक्ष्मीले नै गरेका छन् । बुद्ध थापाले खिचेको भिडियो विष्णु खड्काले सम्पादन गरेका छन् । गीत निर्माणमा दिमेश श्रेष्ठलगायतको लगानी छ ।

यसअघि, सविनले ‘माया।।।’ बोलको गीत सार्वजनिक गरेका थिए । जुन गीत स्रोता र दर्शकले मन पराएका थिए ।

सविनलाई सवारी दुर्घटनाले संगीतको बाटो हिँड्न प्रेरित गरेको हो । २०७९ साल माघ २० गते बिहान सविन एक गम्भीर दुर्घटनामा परे ।

उनी होसमा आउँदा अस्पतालको शैयामा थिए । शरीरभरि असह्य पीडा, आँखा खोल्दा आफन्तहरूको आँसुले भिजेको अनुहार ।

त्यो दिनबाट सविनको जीवनको पहिलो अध्याय समाप्त भयो । दोस्रो अध्याय सुरु भयो । त्यो दोस्रो अध्याय संगीतको बाटो हो ।

उनी भन्छन्, “मेरो जीवनको पहिलो २० वर्ष पहिलो अध्यायलाई भएछ । त्यसपछि दोस्रो अध्याय सुरु भयो, जुन संगीत हो ।”

संगीतलाई साथी बनाएका उनी यसैसँग बाँचिरहेका छन् । संगीतको साधना र त्यसमा गरेको मेहनतलाई दर्शक र स्रोताले कदर गरेपछि उनी अहिले यसमै रमाइरहेका छन् ।

अहिले उनको अधिकांश समय संगीतको अध्ययन र साधनामा बित्ने गरेको छ । जसले उनलाई आनन्द दिन्छ ।

गीत र धुनहरूले उनको मनमा हराएको रंग फेरि फिर्ता गरिदिएको छ । दुर्घटनाले केही समय खोसेको खुसी फिर्ता भएको छ ।

दुर्घटनापछि सविनको संगीत यात्रा नारायणगोपालको ‘गल्ती हजार हुन्छन्।।।’ गीतबाट सुरु भयो ।

उनका काकासमेत रहेका दिमेश भन्छन्, “सविनले पहिलो पटक गिटार हातमा लिएर त्यो गीत गाएको क्षण म कहिल्यै बिर्सिन सक्दिनँ ।

उसको स्वरमा सम्भावना देखेपछि मैले उसलाई गाउन प्रेरित गरेँ ।”

यो प्रेरणा नै सविनको जीवनको नयाँ गन्तब्य बन्यो । सबिन अहिले त्यही गन्तब्य भेट्ने बाटोमा छन् ।

सविनका लागि दुर्घटनापछि सुरु भएको दोस्रो अध्याय केवल संगीतको यात्रा मात्र होइन, जिन्दगीप्रतिको नयाँ दृष्टिकोण पनि हो ।

उनी भन्छन्, “समय रंगीन हुनु र मन खुसी हुनु नै जीवनको रंग हो जसले खुसी दिन्छ ।”

Page Views: 94
संबन्धित शिर्षकहरु
तीजको रंगमा पूजन काफ्लेको नयाँ सांगीतिक कोशेली, ‘तीजको लहर आउँदा बरिलै’ सार्वजनिक
बक्स अफिसमा ‘गौंथली’को दबदबा, सर्वाधिक कमाउने सातौं नेपाली फिल्मको कीर्तिमान
मिस नेपाल २०२६ को उपाधिका लागि महिमा पन्त प्रतिस्पर्धामा
ताजा अपडेट
  • दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
  • आज दुईवटा अध्यादेश जारी
  • दसैँका लागि नोट साट्दै सर्वसाधारण
  • चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama